Comments Add Comment

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

९ असोज, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।

स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । उनीहरु दुवै विवाहित हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेका थिए । बसन्ती गम्भीर घाइते भएकी छन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने विमल श्रीपालीलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment