Comments Add Comment

सर्वोच्चको आदेशपछि रिहा भए प्रकाण्ड

९ असोज, काठमाडौं । सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् ।

न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

तर, प्रकाण्डलाई पुन पक्राउ गरिएको भन्दै सर्वोच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखिउकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।’

सर्वोच्च आदेशसँग प्रकाण्ड थुनामुक्त भएका छन् । यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment