Comments Add Comment

शरीरमा किन हुन्छ रगतको कमी ? यस्तो छ यसको असर र उपचार

तपाईंले सुन्नुभएको होला, एनिमिया । अर्थात रक्तअल्पता । यो भनेको शरीरमा रगतको कमी हुनु हो । खासमा शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमी हुनुलाई  एनिमिया भनिन्छ ।

शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ । शरीरमा रगतको कमी विभिन्न कारणले हुने गर्दछ ।

रगतमा रक्तकोशिका अर्थात हेमोग्लोविनको कमी हुँद विभिन्न समस्या देखापर्छ । यसमा उच्च रक्तचाप, आन्तरिक रक्तस्राव, पोषणका, भिटामिन वी १२, फोलेटको कमी, आसामान्यरुपमा हेमोग्लोविनको सञ्चारलगायतका समस्या आउने गर्छ ।

कसरी थाहा पाउने ?

– शरिरमा हेमोग्लोविनको कमी छ वा एनिमियाको समस्या छ भन्ने विभिन्न तरिकाले पहिचान गर्न सकिन्छ । एनिमिया छ भने अत्याधिक थकानको महशुष हुन्छ ।

–  हेमोग्लोविनको कमीले गर्दा भने छालो पहेंलो बन्दै जान्छ । रातो रक्त कोशिकाले छालालाई गुलावी चमक दिने गर्छ । तर, हेमोग्लोविनको कमी भएमा छालाको चमकमा गिरावट आउँछ ।

– हेमोग्लोविनको कमी भएमा मुटुको धड्कन तिब्र हुने गर्छ । जसको कारण मानिस छटपटिने पनि गर्छन् ।

– हेमोग्लोविनले शरिररमाभित्र अक्सीजनयुक्त रगत पुर्याउने गर्छ । त्यसैले, हेमोग्लोविनको कमी भएमा श्वासप्रश्वासमा पनि समस्या उत्पन्न हुन थाल्छ ।

–  हेमोग्लोविनको कमी भएमा शरिरभित्र उत्पन्न ध्वन सुन्ने गरिन्छ तर, वाहिरको आवज भने त्यति राम्रासँग सुन्न सकिदैन । यसका साथै टाउको दुख्ने, स्वादमा परिवर्तन, कपाल झर्ने, असामान्य रुपमा शरिर सुनिने, माटो, चक, वरवफ कागज, नङ चपाउने जस्ता समस्या निम्तने गर्छ ।

डा. प्रशान्त भट्ट

अब के गर्ने त ?

– एनिमियाको समस्याबाट तार्किक क्षमतामा ह्रास आउन थाल्छ ।

– मस्तिष्कमा मोनोमाइनको मेटाब्लीज्ममा आइरनको भूमिका महतवपूर्ण हुन्छ । आइरनको कमी भएमा उदासिनता, पसिना आउने, ध्यानकेन्दि्रत गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुन्छ ।

– हेमोग्लोविनको कमीले डिप्रेशन, हृदयघात, अनियन्त्रित धड्कनलगायतका समस्इा उत्पन्न गर्न सक्छ ।

– हेमेग्लोविनको मात्रा असामान्य भएमा प्रतिरक्षा प्रणाली कमजोर हुने पनि गर्छ । जसले गर्दा विभिन्न संक्रण तथा रोगले छिटै आक्रामण गर्ने डर हुन्छ ।

– हेमोग्लोविनको मात्रा कमी भएमा मानिसमा निराशापनको समस्याले पनि गाँज्दै लैजान्छ ।

कसरी हुन्छ शरीरमा हेमोग्लोविनको आपूर्ति ?

– हेमाोग्लोविनको मात्रमा सामान्य असन्तुलन हुँदा पनि शरिरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ । यस्तो समस्या रोक्नका लागि आइरनयुक्त खाद्यपदार्थको प्रयोग बढाउनुपर्छ ।

यसको लािग सबैभन्दा उपयुक्त प्राकृतिक स्रोत हुन्छ । हेमोग्लोविन र आइरनको मात्रालाई सहि राख्नका लागि सागपात, सलाद, विभिन्न प्रकारका सिमि, चना, रेडमिट, चिकेन र अण्डजस्तो पदार्थको प्रयोग गर्न सकिन्छ ।

के भन्छ रिपोर्ट ?

ग्लोवल न्युटि्रयशनको रिपोर्टअनुसार विश्वका आधा गर्भवति महिला  एनिमियाबाट ग्रस्त हुने गर्छन् । तर, महिलामात्र नभएर जुनसकै उमेर वा लिंगका मानिसमा हेमोग्लोविनको मात्रा कम हुन सक्छ ।

यसलाई व्यावस्था गर्नु स्वास्थ्यको लागि हानिकारक सावित हुन्छ । एक प्रकारको मेटल प्रोटिनले हेमोग्लोविनको रातो रक्त कोशिका निर्माण गर्छ । जुन फोक्सो र घाँटीबाट शरिरभित्र अक्सीजनयुक्त रगत लैजाने काम गर्छ ।

यसका साथै शरिरको सबै प्रक्रियाको सूचारु गर्नमा महत्वपूर्ण भूमिका निभाउने गर्छ । शरिर भएको आइरनमा करिव ७० प्रतिशत हेमोग्लोविनको मात्रा हुन्छ । यसले श्वासप्रश्वास, मेटावोलिज्म स्वस्थ राख्न र प्रतिरक्षा क्षमता बढाउनको लागि पनि आवश्यक हुन्छ ।

– उमेर बढेसँगै मानिसमा हेमोग्लोविनको कमीको खतरा बढ्दै जाने गर्छ । बढी व्यायाम गर्ने मानिसमा पनि हेमोग्लोविनको कमी हुने खरा हुन्छ । किनकी शारिरिक परिश्रमले रातो रक्तकोशिकालाई  टुटाउने गर्छ ।

– धुम्रपान, मद्यपान सेवनको कारण पनि शरिरमा अक्सीजनको अतिरिक्त आवश्यकता हुन्छ । जसको कारण पनि शरिरमा अतिरिक्त हेमोग्लोविनको आवश्यकता हुन्छ । जसले हेमोग्लोविनको मात्रा कम हुने खतरा हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment