+
+
Shares

भारतसँग ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १७:२५

१२ असोज, काठमाडौं । नेपाल-भारतबीच ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्यास पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच दुवै देशबीच ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी भएको हो । भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास लाइन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी गरेको मन्त्री यादवले जानकारी दिए ।

भारतका पेटोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानले ग्यास पाइनलाइन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिए । सार्वजनिक सवारी साधन सञ्चालनका लागि सो ग्यास उपयोग गरिनेछ । बैठकमा भारतीय पक्षले नेपालको ग्यास बुलेट ढुवानीका लागि अनुमति दिन ढिलाई नगर्ने प्रतिवद्धता पनि जनाएको छ ।

मन्त्रीस्तरीय बैठकले मोतिहारी-अमलेखगञ्ज पेट्रोल पाइप लाइन विस्तारको काम सन्तोषजनक ढंगले अघि बढेको निश्कर्ष पनि निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?