Comments Add Comment

श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दा कति फाइदा ?

श्रीमानले जागिर खाने वा बाहिरको काम गर्ने र श्रीमतीले घरको काम गर्ने सिद्दान्त अब पुरानो भइसकेको छ । श्रीमान-श्रीमती दुवैले बाहिर काम नगरे घर चलाउनै मुश्किल पर्छ ।

फेरि, अहिलेका महिलाहरु पढेलेखेका र दक्ष भएकाले विभिन्न कार्यालयमा राम्रो जागिर खाइरहेका छन् । कतिपय त श्रीमान र श्रीमती एउटै कार्यालयमा काम गरिरहेको पनि पाइन्छ । यस्तो धेरैजसो पारिवारिक व्यवसाय भएकाहरुका हकमा हुन्छ ।

श्रीमान-श्रीमती एकै स्थानमा बसेर काम गर्दा ‘बोरिङ’ होला भन्ने कतिपयलाई लाग्न सक्छ । तर, यो सत्य होइन । श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दाका धेरै फाइदा छन् । के हुन् त ती फाइदा ?

कामको लागि राम्रो समझदारी

वैवाहिक जीवनमा श्रीमान-श्रीमतीबीच समझदारी अति आवश्यक हुन्छ । यस्तोमा यदि तपाईंहरु दुवैजना एउटै कार्यालयमा काम गर्नुहुन्छ भने समझदारी झनै बढ्छ । किनभने, तपाईंहरु दुवैले एक अर्काको भूमिका राम्रो सँग बुझ्नसक्नु हुन्छ र उनीहरुलाई समर्थन गर्नुहुन्छ । अनि आफ्नो पेशाको सबै सुखदुख एक-अर्कालाई थाहा हुन्छ ।

सँगै यात्रा गर्न पाइने

श्रीमान र श्रीमतीको कार्यालय फरक-फरक हुँदा दुवैलाई जाँदा-आउँदा बाटो मिल्दैन र यात्रामा छुट्टाछुट्टै पैसा खर्च गर्नु पर्छ । तर, एउटै कार्यालय भएमा एउटै सवारी साधनमा सँगै आउने-जाने गर्न सकिन्छ र खर्च कम हुन्छ । सँगै यात्रा गर्दा रमाइलो पनि हुन्छ ।

एक-अर्काका लागि पर्याप्त समय

कार्यालयबाट बेलुका घर फर्किदा तपाईंलाई थकान महसुस हुन्छ र आफ्नो पार्टनरलाई पर्याप्त समय दिन सक्नुहुन्न । तर, यदि दुवै जना एकै स्थानमा काम गर्दा एक-अर्कासँग पर्याप्त समय बिताउन सकिन्छ, चाहे त्यो कामकै सिलसिलामा किन नहोस ।

सफलताको खुसीयाली सँगै मनाउने

सँगै काम गर्दा एक-अर्काको सफलतालाई सेयर गर्न सकिन्छ र सँगै खुशी मनाउन सकिन्छ ।

व्यावसायिक साथ

पार्टनरले तपाईंको कामलाई नजिकबाट बुझ्न सक्छन् र तपाईंहरु दुवैले एक अर्काको लागि आवश्यक व्यावसायिक समर्थन दिन सक्नुहुन्छ । साथै आवश्यक परेमा आफ्नो पार्टनरसँग सल्लाह लिन र दिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment