+
+
Shares

रसुवा बाढीमा मृत्यु भएका प्रहरीका परिवारले कति पाउँछन् राहत ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १४:२४

१९ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ ।

बाढीमा परेर मृत्यु भएका परिवारले भने केही आर्थिक राहत पाउने नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मृतकका परिवारले कल्याण कोषबाट ३ लाख पाउनेछन् । कल्याण कोषबाटै किरिया खर्चबापत ४० हजार पाउने छन् ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख, राष्ट्रिय बीमा संस्थानबाट २ लाख र संगठनबाट राहत स्वरुप १० लाख पाउने प्रवक्ता काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?