+
+
Shares

प्रधानमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते ८:२३

१३ असोज, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेका छन्।

उनलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिएका थिए ।

उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिए ।

दूतावासले आज प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले  संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?