Comments Add Comment

४ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत् सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब रुपैयाँ, १ सय ८२ दिनका लागि ३ अर्ब रुपैयाँ गरी ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

सोमबार बोलकबोलका लागि खुला गरिने ट्रेजरी मंगलबार खोलिने राष्ट्र बैंकले जनाएको छ । ९१ दिनका लागि खोलिने ट्रेजरी १७ गते बुधबार र १८२ दिने ट्रेजरी १९ गते शुक्रबार परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

यसअघि राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । ९१ दिनका लागि ४ अर्ब ३ करोड रुपैयाँ, १ सय ८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ गरी १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको एक साता नवित्दै राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment