+
+

डाइटिशियन आरमे कार्कीको सुझाव, खानाबाटै निको हुन्छ ग्याष्ट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १२:३३

रमाईलो प्रश्न सोधौं, ‘नेपालीको राष्ट्रिय रोग कुन हो ?’

संभवत सबैले जवाफ दिन सक्छन्, ‘ग्यास्ट्राइटिस ।’

खानपानको उचित संस्कार पालना नगर्दा वा खराब खानपानको कारण ग्याष्ट्रिक हुन सक्छ । यो आम नेपालीको साझा समस्या हो ।

सुन्दा सामान्य लाग्छ, तर ग्याष्ट्रिकले विस्तारै जटिलता निम्त्याउँछ । यसले पेट फुलेको जस्तो हुनने, हावा भरिए जस्तो हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समयसम्म भोको बस्दा पेट पोल्ने, खान मन नलाग्नु, ढ्याउ आइरहनेजस्ता समस्या हुन्छ । यसले विभिन्न खालका साइड इफेक्ट पनि निम्त्याउने गर्छ । घतलाग्दो कुरा, यस्तो समस्या खानाबाटै निको पार्न सकिन्छ ।

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोगले ग्याष्ट्रिक निको हुन सक्छ । त्यस्ता खाद्यपदार्थ भनेका भिटामिन सी, ए, ˆल्याभोनोइड, क्यारोटेनोइड र फाइटोकेमिकलयुक्त खाद्यपार्थहरु हुन् । यस्तो खानाले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ । ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामल आदिमा एन्टिअक्सिडेन्टकोे मात्र प्रसस्त हुन्छ ।

प्रोबायोटिक बढी भएको खानेकुरा

प्रोबायोटिकले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यो व्याक्टेरिया ग्यास्ट्राइटिसको प्रमुख कारण हो । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदि पदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुन्छ ।

लसुन

लसुन हजारौ वर्षदेखि औषधिको रुपमा प्रयोग हुदै आएको छ । पाकेको वा काँचो दुबै प्रकारको लसुन मानिसको आगि औषधी हुन्छ । लसुनमा प्राकृतिक रुपमा एन्टीबायोटिक, एन्टीइन्ˆलामेटरीलगायतका तत्व हुन्छन् । यसले पनि हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा विशेष भूमिका खेल्छ । र, लसुनले ग्यास्ट्राइटिसको कारण पेटमा हुने असरलाई पनि धेरै हदसम्म कम गर्छ ।

फाइबरयुक्त खाना

बढी फाइबरयुक्त खानाले ग्यास्ट्राइटिस र अरु पाचन प्रकृयासम्बन्धि समस्यालाई समाधान गर्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । हार्वड स्कुल अफ पब्लीक हेल्थको अनुसन्धानअनुसार बढी फाइबर भएका खानेकुराले अल्सर लाग्ने सम्भावनासमेत ६० प्रतिशतले कम गर्छ । अल्मोण्ड, आँटा , ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाएको, टुसा उमारिएको गेडागुडी, फलफूल तथा सागसब्जीबाट बढी मात्रामा फाइबर प्राप्त गर्न सकिन्छ ।

स्वस्थकर प्रोटिन

घाँस खुवाइएको पशुको मासु, खुला पालिएको कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडीहरु, स्पाइरुलिना आदि स्वस्थकर प्रोटिनका उपयुक्त स्रोत हुन् । तर, मासुको प्रयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्छ । किनकी हर्मोन र एन्टीवायोटिक प्रयोग गरिएको मासुले ग्याष्ट्रिकको असरलाई झन बढाउने काम गर्छ ।

स्वस्थकर फ्याट

धेरै तताइएको तेलयुक्त खानेकुराहरु अस्वस्थकर फ्याटमा पर्छन् । जस्तोकी डिपफ्राई गरेका ससेज, आलु, चिप्स, समोसा, जुलेवी आदी । यस्ता ˆयाटयुक्त पदार्थलाई सकेसम्म आफ्नो दैनिक डाइटबाट हटाउन पर्छ नत्र घटाउनुपर्छ । उमेगा ३ ˆयाटी एसीड स्वस्थकर ˆयाट हो । र, दिनहुँ यसको सेवनले ग्यास्ट्राइटिसको विभिन्न असरहरु कम गर्दछ । उमेगा ३ पाइने खाना भनेका माछामा पाइने तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?