Comments Add Comment

भविष्य पुराणका अनुसार श्राद्ध १२ प्रकारका हुन्छन्

हिन्दू धर्ममा श्राद्ध पितृहरूलाई प्रसन्न पार्नका लागि गरिने महत्वपूर्ण कार्य हो । श्राद्ध गरेर आप\mना पितृहरूको सम्झना गरिन्छ र उनीहरुको आत्माको शान्तिका लागि धार्मिक कार्य गरिन्छ । धर्म ग्रन्थहरूमा श्राद्धका विषयमा थुप्रै कुरा गरिएको पाइन्छ । त्यसमध्ये यसको प्रकारका सम्बन्धमा पनि बताइएको छ । सबै श्राद्धको फरक महत्व हुने गर्छ । भविष्य पुराणले श्राद्ध १२ प्रकारको हुन्छ भनेको छ । जुन यसप्रकार छन्ः

-नित्य

-नैमित्तिक

-काम्य

-वृद्धि

-सपिण्डी

-पार्वण

-गोष्ठी

-शुद्धयर्थ

-कर्मांग

-दैविक

-यात्रार्थ

-पुष्ट्यर्थ

श्राद्धको नियम

हुन त साँचो श्रद्धा र समर्पण भावले श्राद्ध गरे पितृ प्रसन्न हुन्छन् तर केही कुरामा ध्यान दिने हो भने  श्राद्धका सबै पुण्य प्राप्त हुन्छ ।

– श्राद्धको सम्पूर्ण प्रक्रिया दक्षिण दिशातर्फ फर्केर सम्पन्न गर्नुपर्छ किनभने  पितृलोक दक्षिण दिशामा पर्छ भनिएको छ ।

-पिण्डदान गर्दा सेतो वा पहेँलो वस्त्र मात्र धारण गर्नु पर्छ ।

पितृ पक्षको श्राद्ध सदैव मध्यान्ह वा अपराह्नमा गर्नुपर्छ । बिहान र साँझको समयमा श्राद्ध गर्नु निषेध छ ।

श्राद्ध वा तर्पण गर्दा कालो तिलको प्रयोग अनिवार्य मानिएको छ ।

श्राद्धका दिन पूर्ण ब्रहृमचर्य पालन गर्नुपर्छ भने क्रोध, चिडचिडापन र कलहबाट टाढै रहनुपर्छ ।

पितृलाई भोजन सामग्री दिनका लागि माटाको भाँडाको प्रयोग गर्न सकिन्छ ।

श्राद्धमा कुन फूल चढाउने ?

अगस्ती भृंगीराजं च तुलसी शतपत्रिका ।। चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभा ।।

अगस्ती, भृंगीराज, तुलसी, सयपत्री, चाँप र तिलको फूल चढाए पितृहरु खुसी हुन्छन् भनिएको छ । यसबाहेक टकर, पारिजात, तीतेपाती, नारनपाती आदि फूल  पनि श्राद्धमा विशेष रूपले चढाइन्छ ।

यसैगरी श्राद्धमा कुनै पनि हालतमा चढाउन नहुने फूलका विषयमा यसो भनिएको छ ।

केतकी करवीरंच वकुलं कुन्दकं तथा । पाटली चैव जाति च श्राद्धे यत्नेन वर्जयेत् ।।

केतकी, करवीर, वकुल, कुन्दक, पाटली र जाईको फूल श्राद्धमा भुलेर पनि नचढाउनु भन्ने नियम छ ।

श्राद्धको भोजन कस्तो भाँडामा गर्ने ?

श्राद्ध पक्षमा शुचिता अर्थात् शुद्धताको विशेष ख्याल राखिन्छ । यहँसम्म कि भोजन कस्तो  भाँडाम ापस्केर खाने भन्ने सम्बन्धमा समेत नियम छ । श्राद्धमं ब्राहृमण भोजनका लागि कस्तो भाँडो…

सुन, चांदी, काँस र तामाको भाँडो भोजनका लागि सर्वोत्तम हुन्छ ।

चाँदीको भाँडामा तर्पण गरे राक्षसहरु नास हुन्छन् ।

पितृ, चाँदीको भाँडाले गर्ने तर्पणबाट तृप्त हुन्छन् ।

चाँदीको भाँडोमा भोजन गराउँदा अक्षय पुण्य प्राप्त हुन्छ ।

श्राद्धमा तर्पण गर्दा फलाम र स्टीलको भाँडा भुलेर पनि प्रयोग गर्नु हुँदैन ।

श्राद्धको भोजन केराको पातमा गराउनु हुँदैन । यसो गरे पितृहरुलाई तृप्ति मिल्दैन ।

श्राद्धकर्ता एवं श्राद्ध खानेवालाका लागि नियम

शास्त्रमा श्राद्धकर्ता एवं श्राद्धभोक्ताका लागि समेत अनुकरणीय नियमहरुको उल्लेख पाइन्छ । जसबाट श्राद्ध गर्ने तथा खानेहरुले कस्ता नियम अनुपालन गर्नु आवश्यक हुन्छ भन्ने थाहा हुन्छ ।

श्राद्धकर्ताका लागि नियम

श्राद्धकर्ताले श्राद्धको दिन दार्‍ही तथा कपाल काट्न र तेल घस्न निषेध छ ।

श्राद्धकर्ताले श्राद्धको दिन पूर्ण ब्रहृमचर्य पालन गर्नुपर्छ । सम्भोग गर्नु हुँदैन ।

श्राद्धकर्ताले श्राद्धको दिन अन्य व्यक्तिको घर तथा अन्य स्थानमा भोजन गर्नु हुँदैन ।

श्राद्धकर्ताले श्राद्धको दिन कसैबाट दान वा उवहार लिनु हुँदैन ।

श्राद्धकर्ताले श्राद्धको दिन ब्राहृमण भोजन गराइसकेपछि मात्र भोजन ग्रहण गर्नुपर्छ ।

श्राद्धभोक्ता वा श्राद्ध खानेका लागि नियम

श्राद्धभोक्ताले त्यस दिन श्राद्धकर्ता बाहेक अन्यत्र भोजन गर्नु हुँदैन ।

श्राद्धभोक्ताले श्राद्धको भोजन गर्ने बेलामा मौन रहेर भोजन ग्रहण गर्नुपर्छ, केही थप्नु परे हातको संकेतले मनसाय प्रकट गर्नुपर्छ ।

श्राद्धभोक्ताले श्राद्धको भोजनको प्रशंसा वा निन्दा गर्नु हुँदैन ।

श्राद्धभोक्ताले पनि श्राद्ध खाएका दिन कसैलाई दान दिनु हुँदैन ।

श्राद्धभोक्ताले पनि श्राद्ध खाएका दिन पूर्ण ब्रहृमचर्य पालन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment