१४ असोज, रौतहट । गाँजासहित रौतहटको राजदेवी नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ना५१प ५१२२ नम्बरको मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको १२ किलो अवैध गाँजा राजदेवि नगरपालिका ९ ब्रहृमपुरीबाट प्रहरीले बरामद गरेको हो ।
गाँजासहित दुर्गा भगवती गाँउपालिका २ का सतिस पाण्डे र सन्दीप पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र गाँजा ओसारपसारका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केदार ढकालले बताए ।
सदरमुकाम गौर भन्दा पूर्वपट्टी रहेको बेलबिछवाबाट केही दिन यता अवैध कारोबार बढेको छ । संगठित तस्करहरुले सो नाकाबाट लागूऔषध, मरिच, तेल, पानमसला तस्करी गरिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4