+
+
Shares

पीपीएल अक्सनः ७ क्रिकेटरमाथि लाग्यो अढाई लाखको बोली

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १५:१६

१४ असोज, काठमाडौं । पोखरा प्रिमियर लिगको अक्सनबाट ७ जना खेलाडीमाथि २ लाख ५० हजारको बोली लागेको छ ।

आइतबार भएको अक्सनबाट १७९ जना खेलाडी थिए, उनीहरु मध्ये ७ जना खेलाडीमाथि अधिकतम मूल्यको बोली लागेको छ । २ लाख ५० हजारमा विक्री हुने खेलाडीहरूमा करण केसी, बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी छन् ।

उनीहरु मध्ये तीन जना पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजमा आवद्ध भएका छन् । चितवनले अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई २ लाख ५० हजारमा किनेको हो ।

पोखरा पल्टनले पोखराले रोहित कुमार पौडेल र विनोद भण्डारीलाई किनेको छ । बुटवल ब्लास्टर्सले सागर पुन र काठमाडौं रोयल्सले बसन्त रेग्मीलाई २ लाख ५० हजारमा टिममा भित्र्याएको छ ।

उनीहरुमाथि एक भन्दा बढी क्लबले बोली लगाएपछि लक्की ड्रमार्फत क्लब छनोट गरिएको थियो ।

कुन टिममा कोको आवद्ध भए ?

बिराटनगर टाइटेन्स बुटवल टाइटेन्स चितवन राइनोज धनगढी ब्लूज काठमाडौं रोयल पोखरा पल्टन
सन्दिप लामिछाने सोमपाल कामी पारस खड्का दिपेन्द्र सिंह ऐरी ज्ञानेन्द्र मल्ल शरद भेषावकर
दिपेश श्रेष्ठ समसाद शेख अनिलकुमार साह मंजित श्रेष्ठ पवन सरार्फ रोहितकुमार पौडेल
साहब आलम सिद्धान्त लोहनी भुवन कार्की योगेन्द्र सिंह कार्की सुसन भारी विनोद भण्डारी
जितेन्द्र मुखिया हरि चौहान रामनरेश गिरी सन्तोष भट्ट पृथु बास्कोटा ललितनारायण राजवंशी
राजेश पुलामी ललित भण्डारी करण केसी रोविन क्षेत्री अमरसिंह रौतेला रसिद खान
किशोर महतो शंकर राना आरिफ शेख सन्दिप सुनार आदिल खान कृष्ण कार्की
पुष्प थापा पुरन बीक सुमित महर्जन क्मल सिंह ऐरी नरेश बुढायर कुशल भुर्तेल
प्रदिप ऐरी सागर पुन सोनु तामाङ दिलिप नाथ नन्दन यादव विक्रम भुसाल
राजु रिजाल हृसिम अन्सारी विनोद लामा सागर ढकाल बसन्त रेग्मी महबुब आलम
जितेन्द्र सिंह ठकुरी भीम सार्की हरिशंकर साह सन्दिप जोरा अमित श्रेष्ठ आसिफ शेख
सुनिल धमला प्रकाश केसी शक्ति गौचन फिर्दोस अन्सारी सुमित झा दिभ्यान्सु मल्लिक
राविन जोशी अभिनाश बोहोरा सौरभ खनाल इशान पाण्डे
हिमांशु दत्त नितेश थापा विक्रम ढगुन्ना
विपिन खत्री सन्दिप राजाली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?