Comments Add Comment

‘कथा काठमाण्डु’को विशेष शोमा पूजादेखि बर्षासम्म

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कथा काठमाण्डु’को विशेष शो आयोजना गरिएको छ । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायिका पूजा शर्मा, बर्षा राउत लगायत पुगेका छन् । नायिका प्रियंका कार्कीको निमन्त्रणामा पूजा, बर्षा हलमा पुगेका हुन् । प्रियंकाले आफ्ना नजिकका साथीहरु केकी अधिकारी, ऋचा शर्मालाई पनि बोलाएको बताइन् । तर, उनीहरु नभ्याएकाले नआएको प्रियंकाको भनाई थियो । चलचित्रकी मुख्य नायिका सन्ध्या केसी पनि हल पुगेकी थिइन् ।

संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले देशभरबाट औषत व्यापार गरिरहेको छ ।

नायिका प्रियंका कार्कीसँग अहिले बर्षा र पूजा नजिक मानिन्छन् । पूजा र बर्षाले प्रियंकाले बोलाएर पनि आएको र चलचित्र पनि हेर्न मन लागेर आएको बताए । काठमाण्डौ भित्र हुने फरक फरक ३ कथालाई यो चलचित्रले उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment