Comments Add Comment

दक्षिण अफ्रिकाको सहज जित, जिम्बाब्वे ११७ रनमै अलआउट

१५ असोज, काठमाडौं । ३ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ ।

जिम्बाब्वेले दिएको ११८ रनको चुनौति दक्षिण अफ्रिकाले २६.१ ओभरमा नै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा हेइनरिच क्लासेनले ४४ र ऐडन माक्रमले २७ रन बनाए ।

जिम्बाब्वेका लागि टेन्डाई चटरा र विलिंटन मसाकड्जाले समान २–२ विकेट लिए ।

डाइमन्ड ओभलमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ३४.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । जिम्बाब्वेका लागि कुनै पनि खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् । जिम्बाब्वेका लागि इल्टोन चिगुम्बुराले २७ र हामिल्टन मसाकड्जाले २५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा लुन्गी गैडीले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment