१५ असोज, प्यूठान । प्यूठानमा आज बिहान भएको जीप दुर्घटनाका एक जनाको ज्यान गएको छ ।
लु१च ३४७२ नं को पिकअप जीप दुर्घटना हुँदा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।
ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जीप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए ।
*यसअघि प्रकाशित समाचारको शीर्षकमा १ जनाको मृत्यु हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको छः सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4