Comments Add Comment

‘गुनगुन’मा रोमान्टिक संचिता

कार्तिक ३० गतेलाई रिलिज डेट पक्का गर्दै चलचित्र ‘गुनगुन’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने चलचित्रको भावलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारलाई अगाडि बढाइएको निर्देशक पुकार भट्टाराईले बताएका छन् ।

पुराना कलाकार पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइटेल , रविन्ऽ प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment