+
+
Shares

राजविराज कारागारका कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते ११:२८

१५ असोज, सप्तरी। राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ ।

चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो ।

कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ः१३ बजे निधन भएको जानकारी दिए ।

यसअघि पनि पटक–पटक ज्वरो आएपछि साहलाई उपचारका लागि अस्पताल लगिए पनि परीक्षणका क्रममा कुनै रोग भने नदेखिएको निमित्त जेलर यादवले बताए ।

साहलाई ८ महिनाअघि कारागारमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?