Comments Add Comment

‘एप्पल गाउँ’मा सामसुङले किन बाँड्यो ग्यालेक्सी एस नाइन ?

अमेरिकी कम्पनी एप्पलले हालै आफ्ना तीन नयाँ आइफोन सार्वजनिक गर्यो । नयाँ आइफोन लञ्च भएसँगै सबैको चर्चाको विषय बनिरहेको एप्पललाई खिसिट्युरी गर्न भने यसकै प्रतिस्पर्धी कम्पनीहरु तम्सिएका छन् ।

विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुले एप्पलमाथि ट्रोल गरिरहेका छन् । यस मेलोमा सुरुमा रह्यो साओमी र त्यसपछि हुवावे । अहिले  सामसुङले पनि यस्तै उटपट्याङ्ग गरेर एप्पललाई झट्का दिने कोसिस गरेको छ ।

सामसुङले आफ्नो मार्केटिङ अभियानको क्रममा नेदरल्याण्डको एक गाउँका मानिसहरुलाई सित्तैमा ग्यालेक्सी एस नाइन स्मार्टफोन बाँडेको छ ।

नेदरल्याण्डको एप्पल नामक गाउँका बासिन्दाहरुलाई सामसुङले ५० वटा ग्यालेक्सी एस नाइन निशुल्क रुपमा बाँडेको हो ।

उक्त गाउँके कूल जनसंख्या ३ सय १२ जना रहेको छ । गाउँको नाम नै एप्पल रहेको हुँदा सायद एप्पल कम्पनीलाई सबक सिकाउनका लागि सामसुङले त्यो गाउँ रोजेको हुनसक्छ । एप्पल गाउँका मानिसलाई सित्तैमा आफ्ना स्मार्टफोन थमाइदिएर सांकेतिक रुपमा एप्पलको मुटुमै धावा बोलेको देखाउन खोजेको हुनसक्छ ।

सो गाउँका एक किशोरको सहयोगमा सामसुङले गाउँलेहरुालई सित्तैमा स्मार्टफोन बाँडेको हो । अझ रोचक त के छ भने ती किशोर आइफोनका फ्यान हुन् ।

सामसुङको ग्यालेक्सी एस नाइनको मूल्य झण्डै ९० हजार रुपैयाँ जति पर्दछ ।

स्मरण रहोस् यसअघि चिनिया कम्पनी हुवावेले पनि अचम्मको ट्रिक लगाएर एप्पललाई ट्रोल गरेको थियो । जस अनुसार कम्पनीले सिंगापुरमा आइफोन खरीदका लागि एप्पल स्टोर बाहिर लाइन लागेको मानिसहरुलाई पावर ब्यांक बाँडिएको थियो । उक्त पावर बैंकको खोल बाहिर लेखिएको थियो- यो पावर ब्यांक हो । आगामी दिनमा तपाइँलाई यसको आवश्यकता पर्नेछ ।

साथै हुवावेले आइफोन खरीदका लागि लाइनमा बसेका मानिसहरुलाई जुस पनि खुवाएको थियो । स्मरण रहोस् आइफोनहरुमा ब्याट्री नखप्ने समस्याका कारण एप्पल प्रयोगकर्ताको आलोचनामा पर्दै आएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment