१५ असोज, काठमाडौं । उन्नाइसौं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि सुवास पौडेलको परेवाले जितेको छ । उनको परेवा २३ घण्टा ४४ मिनेट उडेको थियो ।
नेपाल परेवा उडान खेल संघद्वारा आयोजित प्रतियोगितामा २२ घण्टा ५३ मिनेटमा राजकुमार बासु श्रेष्ठ तथा २१ घण्टा १० मिनेटमा गोरखशमशेर राणाको परेवा क्रमशः दोस्रो र तेस्रो भए । राणा गत दुई संस्करणका विजेता हुन् ।
शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । इरिजिन सिजख्वाको परेवा उत्कृष्ट परेवा घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पार्यो ।
विजेतालाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरे । प्रतियोगितामा २७ प्रतिस्पर्धीका परेवा सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4