Comments Add Comment

स्वस्तिमाको फेरिएको रुप

चलचित्र ‘बुलबुल’को छायांकनस्थलमा पुग्ने जोकोहीले पनि झट्ट हेर्दा भिडमा नायिका स्वस्तिमा खड्कालाई चिन्दैनथ्य । किनकी, स्वस्तिमाको गेटअप, पहिरन र स्टाइल फेरिएको थियो । चलचित्रमा समावेश ‘लाजै नमानी म त’ बोलको गीतमा स्वस्तिमा साधारण पहिरनमा नृत्य गरिरहेकी थिइन् ।

चलचित्रमा स्वस्तिमालाई दर्शकले ट्याम्पु चालिकाको भूमिकामा देख्नेछन् । यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रको गीतको छायांकन काठमाण्डौ भन्दा थोरै पर जितपुर भन्ने स्थानमा गरिएको हो । कविराज गहतराजको कोरियोग्राफीमा छायांकन भैरहेको गीतलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् ।

नायिका स्वस्तिमा खड्काले आफूलाई पहिलो दिनमा यो गीतमा नृत्य गर्न गाह्रो भएको बताइन् । उनले यो चलचित्र आफ्ना लागि विशेष भएको बताइन् । आफूले गरिरहेको भूमिका भन्दा विल्कुल फरक भूमिका यसमा रहेको उनले सुनाइन् । निश्चल बस्नेत र रजिना रिमालको स्वरमा समावेश यो गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।

फागूण ३ गतेबाट यो चलचित्र रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ । चलचित्रमा नायिका रणकला नाम गरेकी महिलाको भूमिकामा छिन् । विनोद पौडेलको निर्देशनमा यो चलचित्र तयार भैरहेको छ । चलचित्रको यो गीतमा दर्जन बढी ट्याम्पु प्रयोग गरिएको छ । यस्तै, ६० जना कोरसको साथमा गीतको भिडियो खिचिएको छ । चलचित्रमा अविरल थापा, राजु पौडेल, भीम थापा, पुरुषोत्तम पाण्डेको लगानी छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment