Comments Add Comment

मालीमा हिंसा, २५ भन्दा बढीको ज्यान गयो

१६ असोज, काठमाडौं । माली र नाइजेरियाको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनामा २५ भन्दा बढीको ज्यान गएको छ ।

गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको हो ।

‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,’ स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

स्थानीय सुरक्षा स्रोत र अर्का १ सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

मोटरसाईकलमा आएका आक्रमणकारीहरुले मानिसहरु बसिरहेको स्थानमा अन्धाधुन्ध गोली वर्षाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छ ।

गत सेप्टेम्बर २५ मा मेनकाको पश्चिमी क्षेत्रमा भएको यस्तै आक्रमणमा परी कम्तीमा २७ को मृत्यु भएको थियो ।

फुलानी र टरेगमा भएका घटनाहरुमा परी यस वर्ष मात्रै झण्डै २ सय जना मारिएको मालीका सरकारी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment