Comments Add Comment

प्रधानमन्त्री ओली र माधव नेपाल अाज स्वदेश फर्किंदै

१८ असोज,काठमाडौं । पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपाभित्र शीर्ष नेता तहबाटै असन्तुष्टि प्रकट भइरहेका बेला अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएपछि छलफल हुने भएको छ । असन्तुष्ट नेता माधवकुमार नेपाल पनि आजै साँझ चीनबाट स्वदेश फर्किदैछन् ।

सबै नेताहरु फर्किसकेपछि सचिवालय बैठकमा समीक्षा हुने र त्यसपछि दशैंअघि नै स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकको लागि महासचिव बिष्णु पौडेलले गृहकार्य गरिरहेका छन् । दुवै अध्यक्षसँग परामर्शपछि बैठकको मिति तोकिने स्रोतको दावी छ ।

सचिवालय बैकले प्रदेश पदाधिकारी चयन गरेकोमा नेकपामा अशन्तुष्टि छ । प्रदेश कमिटी गठनको प्रस्ताव स्थायी कमिटी बैठकमा लगेरमात्र पारित हुनुपर्ने नेताहरुले बताएका छन् ।

बरिष्ठ नेता नेपालले सो निर्णय अस्वीकार गर्दै स्थायी कमिटी सदस्यहरुको अनौपचारिक भेला समेत गरेका थिए । स्रोतका अनुसार स्थायी कमिटी बैठकबाट सचिवालय बैठकको निर्णय तथा परिपत्र अनुमोदन गरिनेछ ।

प्रदेशभन्दा तल्ला कमिटीको एकीकरणका लागि थप मापदण्ड पनि स्थायी कमिटी बैठकबाटै पारित गरिने भएको छ । तर, त्यसअघि सचिविालय बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

बरिष्ठ नेता नेपालले संसदबाट सरकारविरुद्ध अभिव्यक्ति दिएकोमा संस्थापन पक्षले बैठकको एजेण्डा बनाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment