Comments Add Comment

‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् ।

यस्तै, यी दुइको साथमा पहिलो पटक हास्य सिरियलमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पनि देखिदैछन् । यी तिनै कलाकार ‘भद्रगोल’मा अब सधै देखिन लागेका भने होइनन् । असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को प्रचारका लागि उनीहरु सिरियलमा अभिनय गर्न पुगेका हुन् ।

निर्देशक दिपाश्री निरौलाले भनिन्-‘केही समयपछि टेलिभिजन सिरियलमा फर्कदा छुट्टै अनुभुती भएको छ । यसपटक दिपक, दीपा र माग्ने बुढा एकसाथ देखिदैछौ । दर्शकका लागि यो नौलो स्वाद पनि हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment