Comments Add Comment

लाफिङ थेरापीः प्राकृतिक उपचारको सर्वोत्तम विधी

पछिल्लो समय प्राकृतिक चिकित्सामा मानिसको रुची बढिरहेको छ । प्राकृतिक चिकित्साका थुप्रै विधिहरु छन् । यसमा योग, ध्यान, मसान, उपबासलगायत थुप्रै थेरापी पर्छन् ।

नेपालमा योग, ध्यान, प्राणायम गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । यो निकै उपयोगी र सजिलो छ । त्यस्तै, प्राकृतिक थेरापीमध्येको एक हो, लाफिङ थेरापी । छोटो समयमात्र गर्दा पनि यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव जमाउँछ :

किन महत्वपूर्ण ?

विश्वमै खुलेर हाँस्नेहरुको संख्या एकदमै कम भइरहेको छ । तर, विश्व स्वास्थ्य संगठनको सर्वेक्षणअनुसार नेपाल विश्वको पहिलो १० खुशीयाली देशमा पर्ने गर्छ ।

यद्यपी प्राय नेपाली हप्तामा एक पटक पनि खुलेर हाँस्न सकिरहेका हुँदैनन् । तर, हाम्रो दैनिकी र सकरात्मक सोचको लागि हाँसो निकै महत्वपूर्ण छ । हामी दुई-तीन मिनेटमात्र खुलेर हाँस्दा पनि हाम्रो दिमागमा तिब्र रक्तसञ्चार हुन्छ । जसले शरिरमा उर्जा पैदा गर्छ ।

के हो लाफिङ थेरापी ?

– लाफिङ थेरापी त्यति गम्भी विषय होइन । यो पाँचदेखि सात मिनेटको कोर्स हो । आफुलाई सहज हुने गरि बसेर यस्तो थेरापी गर्न सकिन्छ । यस्तो थेरापी २४ घण्टामा एक मिनेट गर्दा पुग्छ ।

– यसले शरिरको सञ्चारलाई राम्रोसँग व्यवस्थित गर्ने काम गर्छ । हाम्रो दिमागमा सकरात्मक र नकरात्मक गरि दुई प्रकारका हर्मोन उत्पादन हुन्छ । चार मिनेटको हाँसोले पनि मस्तिष्कमा एन्डोरफिन नामक रसायन उत्पन्न हुन्छ । यसले नकरात्मक भावनालाई सकरात्मकमा परिवर्तन गर्छ ।

– दुःख र सुखमा मस्तिष्कले फरक फरक प्रकारको हर्मोन उत्पादन गर्छ । हामी सुत्नुअघि दुखीत भएमा त्यसले रातभर त असर पार्छ नै अर्को दिनमा पनि त्यसको प्रतिक्रिया देखिन्छ ।

सपनाको पनि व्युझेको ४५ मिनेटसम्म प्रभाव रहने गर्छ । त्यसैले, विहानको सोचले दिनभरजसो काम गरिरहेको हुन्छ । त्यसैले लाफिङ थेरापी पनि विहानको समयमाा गर्दा निकै लाभदायक हुन्छ ।

– विहान गरेको लाफिङ थेरापीले तनावको हर्मोन उत्पादन गर्ने मस्तिष्कलाई निस्क्रिय गर्छ । जसले मानिसलाई उत्साह प्रदान गर्छ ।

र, यो पनि

– दिमागमा तनाव लिएर लाफिङ थेरापी गर्नुको कुनै अर्थ रहदैन ।

– शुरुशुरुमा चुट्कीला भनेर, सीडि बजाएर हाँस्न सकिन्छ । त्यसपछि विस्तारै बानी पर्छ र थेरापी बसेको समय स्वतस्फुर्त हाँसो उत्पन्न हुन्छ ।

– यस्तो थेरापी जुनसुकै समयमा गर्दा पनि फरक त पर्दैन तर विहानको समयमा गर्दा निकै प्रभावकारी हुन्छ ।

– कतिपय देशमा यसबारे क्लव नै खोलेको देखिन्छ । नेपालमा भने विभिन्न एक्सरसाइज गर्दा शुरु वा अन्त्यमा केही समय गर्ने प्रचलन छ ।

लेखक योगा फर माइन्ड म्यानेजमेन्ट तथा सृष्टि साधना केन्द्र, नेपालका संस्थापक हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment