Comments Add Comment

कुन अवस्थामा मधुमेहले मिर्गौलामा गंभिर क्षति पुर्‍याउँछ

मिर्गौला सम्बन्धि समस्या हुनमा मधुमेह प्रमुख कारण मानिन्छ । मधुमेहका कारण मिर्गौला रोग भएमा त्यसलाई डायबिटिक नेफ्रोप्याथी भनिन्छ । मधुमेह हुने चार वयष्कमध्ये एकलाई यो रोग लाग्छ । यो रोग लागेमा शरीरका विभिन्न अंगमा क्षति पुग्ने गर्दछ ।

सामान्यतया, उच्च रक्तचाप, मधुमेह  लगायतका कारण मिर्गौलामा क्षति पुग्ने गर्दछ । जब  रक्तवाहिका  क्षतिग्रस्त हुन्छ, तब मिर्गौलले काम गर्न छोड्छ ।

लामो समय मधुमेहको समस्या भएमा पनि यसले मिर्गौलामा क्षति पुग्ने गर्छ । जब सानो रक्तबाहिनीमा असर हुने गर्छ, तब दुवै मिर्गौलामा प्रोटिन्सको वहाव बढी हुने गर्छ । र, यसले रक्त  बाहिनीमा असर गरेमा मिर्गौलाले विस्तारै विस्तारै रगतमा भएको विषाक्तलाई फिल्टम गर्न छोड्छ ।

यो रोग लागेमा रोग कम हुनुका साथै बढ्दै जाने गर्छ । जुन मिर्गौलाको नशामा अवरोधका कारण हुने गर्छ । वि्रटिश डाक्टर क्लिफोर्ड विल्सनले जर्मन मुलका अमेरिकी डाक्टर पाल किमेल्सेटेलसित मिलेर डायबिटिक नेफ्रोप्याथी सिंन्ड्रोेमको खोज गरेका थिए । सन् १९३६ मा यसबारे एउटा जर्नमा उल्लेख गरिएको थियो ।

यो रोग विशेषगरी १५ वर्ष वा सो भन्दा अधिक समय मधुमेह भएको विरामीहरुमा देखा पर्ने गर्छ ।  यसको अर्थ के हो भने डायबिटिक नेफ्रोप्याथीको समस्या ५० देखि ७५ वर्ष उमेरका मानिसमा धेरै देखिने गर्छ ।

यो रोग लागेको पहिलो तीन वर्ष भित्रमा नै मानिसको मृत्यु हुन सक्ने भएकोले यसलाई जटिल रोगमा गनिन्छ  ।

डायबिटिक नेफ्रोप्याथी हुने सम्भावना पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । अमेरिकामा मिर्गौला फेल हुनु तथा विग्रनुमा डायबिटिक नेफ्रोप्याथी आम कारण मानिन्छ ।

यो रोगको चपेटामा टाइप १ तथा टाइप २ दुवै प्रकारका मधुमेह रोगी पर्न सक्छन् । त्यसैले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न नसकेको खण्डमा यस रोगको खतरा अझै बढ्ने गर्छ ।

र, कोलेस्ट्रोलको समस्या हुनेलाई पनि यसले थप जटिलता निम्त्याउन सक्छ ।

डायबिटिक नेफ्रोप्याथी भएमा पिशाबमा अधिक मात्रामा सेरम निस्कने गर्दछ । यसको पहिचानका लागि कही ल्याब परिक्षण गर्नुपर्छ । यस क्रममा गाठयुक्त ग्लोमेरुलोस्केलेरोसिस ग्लोमेरुलीमा क्षति पुग्ने गर्दछ । जसका कारण पिशाबमा एल्ब्युमिनको मात्रा अधिक हुने गर्छ  । मिर्गौलाको परीक्षणका क्रममा डायबिटिक नेफ्रोप्याथी भएको सजिलै थाहा पाउन सकिन्छ ।

यो समस्या भएमा मिर्गौलामा क्रमश क्षति भई मिर्गौलाले काम गर्न समेत बन्द गर्छ । यतिसम्मकी डायलासिस तथा ट्रान्सप्लान्ट पश्चात्त पनि मधुमेहका विरामीको हालत अन्य विरामी भन्दा अझै धेरै खराब हुनसक्छ ।

डायबिटिक नेफ्रोप्याथी भएमा यसको लक्षण नदेखिन पनि सक्छ । यसको पहिचान गर्ने एक मात्र उपाउ भनेको मिर्गौलाको जाँच नै हो । त्यस्तै, नियमित रुपमा पिसाबको परिक्षण गरेर पनि यस रोगबारे पत्ता लगाउन सकिन्छ ।

यो रोग लागेमा यसले विभिन्न चुनौती निम्त्याउने गर्छ ।

डायबिटिक नेफ्रोप्याथी निम्त्याउन सक्ने सम्भावित समस्या

-हाइपरग्लेसिमिया

-क्रोनिक मिर्गौला फेलियरको सम्भावना

-मिर्गौलाको रोगको अन्तिम अवस्था

-हाइपरकलेमिया

-मिर्गौला प्रतयारोपणको खतरा

-मधुमेह सम्बन्धि अन्य समस्या

-संक्रमणको खतरा

मधुमेह आफैमा आम समस्या हो । तर मधुमेहकै कारण डायविटिक डायबिटिक नेफ्रोप्याथी हुने सम्भावना उच्च हुने गरेको छ । स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाएर यसलाई नियन्त्रण गर्न सकिन्छ । तर यसको लागि जीवनशैलीमा ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment