+
+
Shares

यौन हिंसाविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १५:०६

१९ असोज, काठमाडौं । यसवर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादले पाएका छन् ।

कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई नोबल शान्ति पुरस्कार दिइएको हो ।

उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न निर्वाह गरेको भूमिकाका लागि नोबल शान्ति पुरस्कार दिइएको हो ।

नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले शुक्रबार नोबल पुरस्कार घोषणा गर्दै भने ‘ डेनिस मुकवेगे पीडितको रक्षाका लागि पुरै समर्पित भएका छन् । नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध आवाज उठाइन् । उनीहरुको अभियानले युद्धको समयमा यौन दुर्व्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’

मुकवेगेले आफ्नो युवा उमेरको लामो समय कंगोमा यौन दुर्व्यवहारमा परेकाहरुको उपचार र सहयोगमा बिताएका थिए । उनी र उनको टिमले यस्ता हजारौं पीडितको उपचार गरेको छ । नोबल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?