+
+
Shares

विवाहित युवतीहरूलाई अस्ट्रेलियामा मिसेस नेपाल ओसियाना बन्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १२:३८

विगत ८ वर्षदेखि अस्ट्रेलियामा रहेका नेपाली युवकयुवतीलाई मिस्टर एण्ड मिस नेपालको ताज पहिर्‍याउँदै आएको युएनएर्इ (युनाइटेड नेप्लिज आर्टस एण्ड इन्टरटेनमेन्ट) ले यस वर्षदेखि विवाहित युवतीलाई पनि मिसेस नेपाल ओसियाना बन्ने अवसर प्रदान गर्ने भएको छ ।

अस्ट्रेलियाको अवर्नस्थित साइनो रेष्टुरेण्टमा आइतबार आयोजित पत्रकार सम्मेलनमा युएनएर्इकी भुमा लिम्बुले मिस्टर र मिस नेपालको भन्दा मिसेस नेपालको माग धेरै आएकाले आफूहरुले यस वर्षदेखि मिसेस नेपाल पनि आयोजना गर्न लागेको बताइन् ।

सन् २०१० देखि अस्ट्रेलियामा मात्र हुँदै आएको उक्त सौन्दर्य प्रतियोगिता सन् २०१६ देखि ओसियाना क्षेत्रसम्म विस्तार भएको थियो ।

‘विवाहपछि युवतीहरुमा व्यक्तिगत विकास र आत्मविश्वासमा कमी हुन सक्ने कुरालाई मध्यनजर गर्दै उनीहरुको सो क्षमता कायम राखिराख्न पनि हामीले यो आयोजना गर्न लागेका हौं,’ उनले भनिन् ।

विवाहित तथा अविवाहित युवा युवतीहरुको व्यक्तिगत क्षमता तथा आत्मविश्वास अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिने यस सौन्दर्य प्रतियोगितामा भाग लिन निश्चित मापदण्ड पुगेका युवक युवतीले आवेदन दिन सक्ने उनले बताइन् । आवेदन यही अक्टोबर १३ सम्म भर्न पाइने छ ।

लिम्बुका अनुसार यस प्रतियोगितामा भाग लिन विवाहित युवती कम्तीमा २० वर्षदेखि बढीमा ३५ वर्ष नाघेको हुनु हुँदैन ।

त्यसैगरी मिस र मिस्टर नेपालका लागि कम्तीमा १८ देखि २८ वर्ष सम्मको अविवाहित युवक युवती हुनुपर्नेछ ।

हरेक विधाका विजेताले ताज र ट्रफीसहित एक एक हजार डलर नगद प्राप्त गर्नेछन् ।

उक्त प्रतियागिताको लागि यूएनएइको वेबसाईट www.unae.org.au बाट आवेदन दिन सकिनेछ ।

पत्रकार सम्मेलनमा सन् २०१६का मिस्टर र मिस नेपाल ओसियानाका विजेताहरु रुषा बराल र पिजे श्रेष्ठले सौन्दर्य प्रतियोगिता जितेपछि आफ्नो आत्मविश्वासमा वृद्धि भएको जस्ता अनुभवहरु सुनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?