Comments Add Comment

दशैंको भान्साः कसरी स्वस्थ्यकर खानेकुरा छनौट गर्ने ?

नेपालीको महान पर्व दशैं-तिहार नजिकिदै छ । दशैंको खास विशेषता भनेकै मिठोमसिनो खाने हो । हुन त अहिले मिठो मसिनो खान दशैं पर्खनुपर्ने वाध्यता छैन । यद्यपी दशैंसँग जोडिएर आउने स्वादिलो खानपानको कारण यो पर्व विशेष मानिन्छ ।

दशैं भन्नसाथ खसीको पक्कु खाने चाड मानिन्छ । घर-घरमा घोर्ले खसी ल्याएर बाँधेपछि मात्र कतिले दशैंको रौनक आएको ठान्छन् । त्यसो त खसी मात्र होइन, रागा, भैसी, कुखुरा, हाँस, सुँगुर सबैथरीका मासु यसबेलाको खास खान्की बन्छ । दशैंको मेसोमा नेपाली समाजले अत्याधिक माछामासु खपत गर्छ ।

तर, अर्को पाटोबाट कुरा गर्दा के भनिन्छ भने, खानपानकै कारण अहिले धेरैको शरीर रोग बनेको छ । शरीरले थेग्नेभन्दा बढी र अस्वस्थ्यकर खानपानले रोग निम्त्याउँछ । भनिन्छ नि, खान नपाएर भन्दा खान नजानेर धेरै मानिसको मृत्यु हुन्छ ।

हामी चाडपर्व, पूजा, धर्म-कर्म आदिमा पनि शुद्घ रहनबाट चुक्छौं । अशुद्ध पदार्थ प्रयोग गर्छौं, अशुद्घ कर्म गर्छौं र अशुद्घ नै खान्छौं । चाडपर्वमा सबै भन्दा बढी मांसाहार खानेकुरा खाने गरिन्छ । त्यस्तै, गुलियो, चिल्लो, नुनिलो, तारेका खानेकुरा, जंकफुड, कोल्डडि्रंक्स, पिरो तथा मदिराको सेवन गरिन्छ ।

यी सबैलाई मेडिकल तथा पोषण विज्ञानले रोगका खानीको रुपमा जान्ने गर्दछ । यस्ता रोग नै रोग लगाउने चिजहरु सेवन गरेपछि शरीरले थेग्ने कुरै भएन । शरीर रोगी बन्छ ।

चाडपर्वमा यी रोग लाग्ने सम्भावना उच्च हुन्छ 

डा. सुनिल पौडेल

–     पेट तथा पाचन प्रणालीका समस्याहरु, अल्सर, प्यांक्रियाटाइटिस, फूड पोइजनिङ्ग

–     मोटोपन, कोलेस्ट्रोल, कलेजो र मधुमेहका रोगहरू झनै बिग्रने

–        पिसाबका समस्याहरू, यु टि आई

–       मुटु तथा रक्तनलिका समस्या जस्तैः हृदयाघात, उच्चरक्तचाप, मस्तिष्कघात साथै यस्ले जन्माउने प्यारालाइसिस

–       स्नायू प्रणालीः मस्तिष्कघातले गर्दा पक्षघातहरू हुने, र चोटपटक वा दुर्घटना र यीनले हुने स्पाइनलकर्ड इन्जुरी

–     यूरिक एसिडको समस्या बल्झिने

–        ढाड दुख्ने वा नशा च्यापिने समस्या बल्झिने वा बढ्ने आदि

यी सबै खानपिन र जीवनशैलीसँग सम्बन्धित रोगहरु हुन् । यी रोगका साथै पटाखा आदिले तराई क्षेत्रमा वायु प्रदुषण बढेर हुने फोक्सोका समस्या तथा जल्ने समस्या पनि यो बेला बढ्न सक्छ ।

विभिन्न कारणहरुले एक जनालाई रोग वा समस्या आउँदा परिवारको उत्सव नै विग्रने मात्र होइन तनाव अनि शोकले भरिने गरेको पनि हामीले देखेका छौं । हामीले चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही गर्ने हुनाले यी रोगहरू बढेका हुन् ।

त्यसैले अत्याधिक सेवन गर्ने अस्वस्थकर पदार्थ के हुन यसबारे जान्नुपर्छ । साथै, यस्तै कुनै गल्ती  गरेर आफ्नो स्वास्थ्य बिगारिरहेका त छैनौं । यसबारे पनि हेरौं, बुझौं र स्वस्थकर विकल्पहरु अपनाऔं ।

 

 

सकेसम्म कम खानु पर्ने खाद्य यिनका स्वस्थकर विकल्प
तारेका खानेकुरा -पुरीको विकल्पमा रोटीमा नौनीदलेर खाने -पापड तारेर होइन आगोमा सेक्ने -सेकुवा र तारेको मासुको विकल्पमा बेक गर्ने, कुकरमा पकाउने, उसिन्ने, बफाउने वा एल्मुनियम फोइल वा केराको पातभित्र राखी पकाउने/सेकुवा बनाउने

-आलिभ आयल तथा आलसको तेल सबैभन्दा स्वस्थकर तेलहरु हुन्

नुनिलो/गुलियो/चिल्लो खाना, प्याकेटका जंकफूड -नखाने, सकेसम्मकम खाने वा घरमै स्वस्थकर तरीकाले बनाउने ।

-खाना बनाउँंदा नुन राख्नु भन्दा खाना पाकेपछि नुन छर्कनु स्वस्थकर हुन्छ र कम नुनले काम चल्छ ।

-प्याकेटका जंकफुड भन्दा घरमै बनाएका चटपटे तथा पानीपूरी धेरै गुणा स्वस्थकर हुन्छन् ।

रातो मासु अर्थात खसी, बोका, च्यांग्रा आदिको मासु -मानव स्वास्थ्यको निम्ति शाकाहारी भोजन  नै सबैभन्दा उत्तम उपाय हो -सेतो मासु वा सकेसम्म चिसो पानीका माछा -याद राख्नुहोस तारेका विकृत खाना तथा जंकफुड खानु र मांसाहार गर्नु उत्तिकै हानीकारक छन् ।

-खसी, बोका वा च्यांग्रा आदिको मासु भन्दा भैंसिको मासुमा तुलनात्मक रुपले बोसो धेरै गुणा कम हुन्छ । ८५ ग्राम खसी, भेडा, बोका, च्यांग्राको मासुमा अन्दाजी १८ ग्राम बोसो हुन्छ भने भैंसीको मासुमा दुई ग्राममात्र वोसो हुन्छ ।

तारेको मासु -उसिन्ने, बफाउने, उमाल्ने आदि सबैभन्दा राम्रा पकाउनेे तरीका हुन भने चिल्लोमा भुट्ने, सेकुवा बनाउनेे, तार्ने आदि सबैभन्दा खतरनाक हुन् । तारेर तथा जलाएर सेकुवा बनाउने प्रकृयाले माछा, मासुमा सैकडौ किसिमका क्यान्सर पैदा गर्ने कार्सिनोजेनीक केमिकलहरु पैदा हुने गर्छ । त्यसैले यसको विकल्पमा एल्यूमिनियम फोइल वा केराको पातभित्र राखी पकाउने/सेकुवा बनाउने प्रकृया सुरक्षित हुन्छ ।
झेालमासु -पकाएको मासुको झोल भन्दा चौटा मात्र खानु स्वस्थकर हुन्छ । बोसो तथा हानीकारक तत्व चौटा भन्दा झोलमा बढी हुन्छन् ।

-मासुमा रहेको प्रायःजसो बोसो झोलमा जाने हुनाले झोल नखाएर बोसो नटाँ सिएको तथा छाला नभएको चौटा मात्र  खानु स्वस्थकर हुन्छ ।

घिउ, क्रिम सकेसम्म जैतुन-अलिभ आयल र आलसको तेल प्रयोग गरौं
डालडा र मार्जराइन -सकेसम्म त प्रयोग नै नगर्ने । यसको साटो नौनी वा तेल प्रयोग गर्ने, डालडा तथा मार्जराइनलाई जलाउने मानव शरीरमा कुनै प्रकृया नै छैन । त्यसैले यी रक्त नलिमा जमेर सैकडौं रोग पैदा गर्दछन् ।
चिनी -चिनी मन्द विष हो । चिनीको सबैभन्दा राम्रो विकल्प भनेको स्टेभिया नै हो । स्टेभियामा क्यालोरीकेा मात्रा ज्यादै न्युन हुन्छ ।

-मह, शख्खर, खुदो (यिनले सुगर बढाउँन सक्छन्) ।

बोतलबन्द पेय, कोल्डडि्रन्क्स, रक्सी ताजा जुस, मह कागती पानी
प्याकेट तथा बोतलका जुस सबैजसो प्याकेट वा बोतलका जुस चिनी भन्ने मन्द विषका घोलहरु हुन्  । त्यसैले फलफुल तथा ताजा जुस नै सर्वोत्तम विकल्प हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment