Comments Add Comment

सिन्धुपाल्चोकमा दुई महिनामा सात बलात्कार

२१ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चाकेमा दुई महिनाको अवधिमा बलात्कारका सातवटा घटना भएका छन् ।

ती घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । करणीसम्बन्धी कसूरमा दुई जना पक्राउ परेका छन् भने बालयौन दूराचारको आरोपमा एक शिक्षकसहित दुई जना पक्राउ परेका छन् ।

समाजमा बालत्कारलगायत अन्य घटनाहरुको विद्यार्थीमार्फत चेतना फैलाउने उद्देश्यले स्कलमा कार्यक्रम गर्न सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

‘सिन्धुपाल्चोकमा पनि बलात्कार टे्रन्ड बढेको देखियो’ उनले भने ‘यसलाई रोक्न र जनचेतना फैलाउन स्कुल स्कुलमा प्रहरी अभियान सञ्चालन गरेका छौं ।’

जिल्लाका ३५ हजार विद्यार्थीको मा प्रहरी अभियान लिएर पुग्ने योजना भए पनि हालसम्म १ सय १२ विद्यालयका १२ हजार ३ सय २८ विद्यार्थी मा प्रहरी पुगेको डीएसपी विमलराज कँडेलले जानकारी दिए ।

दशैंमा डीएसपीको कमाण्डमा ३७७ प्रहरी परिचालन

दशैंलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले विशेष शान्ति सुरक्षाको अभियान सुरु गरेको छ । दशैं अवधीभर जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा डीएसपीको कमाण्डमा ३ सय ७७ प्रहरी परिचालन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा एसपी मरासिनीले जानकारी दिए ।

जिल्ल्ााका विभिन्न ८७ स्थानमा प्रहरीले २४ सै घण्टा सुरक्षाका साथ गस्ती गर्ने, मदिरा नियन्त्रण गर्ने, जुवातासलगायतका गतिविधिलिाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रहरीको विशेष सुरक्षा योजनामा रहेको छ ।

जिल्लाको प्रमुख राजमार्गहरुमा प्रहरीको गस्तीलाई तिव्रता दिइने प्रहरीको योजना रहेको छ । अरनिको राजमार्ग, चौतारा-नवलपुर-मेलम्ची, बलेफी-जलविरे-गुम्बा सडकमा विशेष रुपमा रात्री गस्ती समेत गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी कँडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसहित उपस्थितिमा गराइएको पत्रकार सम्मेलनमा राजमार्ग तथा अन्य सडकहरुमा यात्रुहरुका सुविधाको लागि यात्रु सहायता कक्षा समेत सञ्चालन गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दशैं वा अन्य समयमा समाजमा शान्ति सुरक्षा खल्बल्याउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएको छ ।’ हामी विवेकपूर्ण कठोरतालाई मूलमन्त्र मान्दै अघि बढ्ने छौं, जिल्ला प्रहरी प्रमुख मरासिनीले भने ‘जिल्लामा आउन साथ गुण्डागर्दीविरुद्ध विशेष अभियान सञ्चालन गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment