Comments Add Comment

चितवनमा चाडपर्व सुरक्षा योजनाः ४५६ प्रहरी फिल्डमा

२२ असोज, चितवन । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी चितवन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित सुरक्षामा ४ सय ५६ प्रहरी खटाइने चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । चितवन जिल्लामा ट्राफिक प्रहरीसहित ७ सय १४ प्रहरीको जनशक्ति छ ।

सुरक्षाका लागि विभिन्न नौ वटा क्षेत्रहरु बाँडेर प्रहरी परिचालन गर्ने योजना बनाइएको राठौले बताए । विभिन्न चोक चोकमा सुरक्षाका लागि ९१ प्रहरी खटिने छन् । राजमार्ग र भित्री सडकमा मोबाइल गस्ती गर्न १४ वटा प्रहरी इकाइका ५६ प्रहरी, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल एवम् ठूला कारोबार हुने बजार क्षेत्रमा ५५ प्रहरी खटिने छन् । छड्के जाँचका लागि २७ वटा प्रहरी इकाइ अन्तर्गत ६१ जना परिचालन गरिनेछ ।

पटाका र विस्फोटक पदार्थ नियन्त्रणका लागि आठवटा प्रहरी इकाइका ४८ जना परिचालित गरिने चितवन प्रहरी प्रवक्ता प्रभु ढकालले जानकारी दिए ।

प्रहरीले टिकट काउन्टरको नियमित अनुगमन गर्ने र समस्या आएमा तत्काल सम्वोधन गर्ने गरी छुट्टै टोली परिचालन गरेको छ । भरतपुरको केन्द्रीय बसपार्क, पोखरा बसपार्क र पुल्चोकमा यात्रु सहायता कक्ष राखिने छ । बढी भाडा लिए–नलिएको अनुमगन गर्न ट्राफिक प्रहरीले पनि छड्के जाँच गर्नेछ ।

जुवातास घर, मदिरा बिक्रीवितरण र उपभोगमा समेत प्रहरीको निगरानी रहने प्रहरी प्रमुख राठौरले बताए । चाडपर्वमा हुने झैझगडालाई समुदायको सहयोगमा नियन्त्रणमा लिने योजना प्रहरीको छ ।
मूल्यवृद्धि नियन्त्रणमा प्रशासनको योजना अनुसार प्रहरी परिचालन गरिने एसपी राठौरले बताए । सादा पोसाकमा ठूलो संख्यामा प्रहरी परिचालन गरी निगरानी गरिने उनले बताए ।

भयरहित वातावरणमा मर्यादित ढंगले चाडपर्व मनाउन र प्रहरीसँग आवश्यक समन्वय गर्न प्रहरीले आम नगरिकहरुलाई अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment