+
+
Shares

सेकेण्ड ह्याण्ड सामान पाइने साइटमा गर्लफ्रेण्ड बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १२:०५

एकजना युवकले आफ्नै गर्लफ्रेण्डलाई सेकेण्ड ह्याण्डमा बिक्रीमा राखेका छन् ।

एकपटक प्रयोग भैसकेका सामानहरुको खरीद बिक्री हुने अनलाइन प्लेटफर्म इ बेमार्फत् उनले आफ्नै गर्लफ्रेण्डलाई बिक्रीमा राखेका हुन् ।

इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राख्दै उनले लेखेका थिए, ‘खरीद गरिसकेपछि तपाइँले यो चिज प्रयोग भैसकेको हो भन्ने थाहा पाउनुहुनेछ ।’ इबेमा गर्लफ्रेण्डका बारेमा थप परिचय गराउँदै उनले अलिकति मात्र वा कामै नलाग्ने खालको रहेको र निरन्तर कराइरहने खालको रहेको उनले लेखेका छन् ।

गर्लफ्रेण्डको जिउ बाहिरबाट राम्रो देखिएपनि भित्र चाहीँ च्यातिएको उनले उल्ल्ेख गरेका छन् । साथै पछिल्लो भाग चुहिरहने र टाल्नै नसकिने खालको रहेको उनले बताएका छन् ।

३४ वर्षका डेल लिक्स आफ्नी ३७ वर्षकी गर्लफ्रेण्ड केली ग्रिभ्सलाई सेकेण्ड ह्याण्डमा बिक्रिमा राखेका हुन् । तर उनले सेकेण्ड ह्याण्डमा बिक्रिमा राखेकी केलीलाई इबेमा ७० हजार पाउण्डको बोली लागेपछि चाहीँ गर्लफ्रेण्डलाई तल्लो स्तरमा झार्ने उनको योजना तुहिएको छ ।

इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राखेसँगै उनले यतिधेरै मेसेज प्राप्त गर्न थाले कि मानिसहरु लगालग उच्च बोली लगाउन थाले । २४ घण्टामै ८१ हजार भ्यूज प्राप्त गर्नुका साथै १ सय भन्दा धेरैले बोली लगाए र ७० हजार २ सय डलर सम्मको बोली लाग्यो ।

बेलायतको एसेक्समा बस्ने डेलकी गर्लफ्रेण्ड खरीद गर्न चाहने कतिपयले चाहीँ खरीद गर्नुअघि एकपटक चिज परीक्षण गर्न चाहेको बताए भने कतिपयले यसअघि कतिजनाले वस्तु किनिसकेका छन् भनेर सोधे ।

वास्तवमा डेलले हसिमजाकको रुपमा गर्लफ्रेण्डलाई जानकारी दिएरै इबेमा त्यस्तो विज्ञापन राखेका थिए । त्यस्तो हसिमजाकलाई कसैले मतलब नै गर्नेछैनन् भन्ने गर्लफ्रेण्डको अनुमान थियो । तर त्यस्तो भएन । युरोप, अमेरिका, अष्ट्रेलिया जताततै बाट उनकी गर्लफ्रेण्ड खरीद गर्न चाहनेको धुइरो नै लाग्यो इबेमा ।

तर यो हसिमजाक धेरै समय टिकेन । २४ घण्टाभित्रै इबेले उक्त विज्ञापन हटाइदियो । मानिस तथा मानव अंगको किनबेच गर्न नपाइने भन्दै उसले उक्त विज्ञापनमा बन्देज लगाएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?