Comments Add Comment

दशैंमा कस्तो खसी राम्रो ? घोर्ले किन्ने कि तिल्काने ?

२२ असोज, काठमाडौं । भनिन्छ, घोर्ले खसी किन्यो भने घाटा पर्दैन । यो खँदिलो मात्रै हैन, यसको मासु पनि स्वादिलो हुन्छ भन्ने पुरानो मान्यता छ । दशैंको चहलपहल बाक्लिएपछि काठमाडौंमा खसी बजारमा छानी-छानी यस्तै किस्सा गर्दै खसी किन्नेको भीड छ ।

कसैलाई जुन मूल्यमा भए पनि घोर्ले खसी नै चाहिएको छ भने कसैलाई विकासे हैन, लोकल जातको चाहिएको छ । कसैलाई दुब्ला-ख्याउटा खसी हेर्नु नै छैन भने कसैलाई दशैंको खर्च पुर्‍याउन सस्तो खालको भए मात्रै पनि किन्नै परेको छ ।

अने मान्यताका बीचमा बजरमा कसैले कालो रंगका खसी ठीक हुन्छन् भनिरहेका भेटिन्छन्, कसैले तिल्काने खसीको विशेषता बयान गरिरहेका हुन्छन् ।

दशैं नजिकिएसँगै काठमाडौंमा दैनिक हजरौं खसीबोका भित्रिरहेका छन् । काठमाडौंमा खसी बजारहरुमा ठूलो संख्यामा खसी बोका खरिद बिक्री हुँदैछ ।

यस वर्ष पनि दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था छ ।

यो समयमा चीनबाट पनि भेडाच्यांग्रा आउने गरेका छन् । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्रै नेपालका आन्तरिक उत्पादन हुन्छन् । बाँकी सबै भारत र चीनकै भर पर्नु अवस्था छ ।

नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी दशैंमा ठूलो मात्रामा मासुको माग बढ्ने भएकाले भारतबाट खसीबोका नल्याइ सुखै नहुने बताउँछन् । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको उनको भनाइ छ । यसपटक दशैंमा झण्डै ५० हजार भन्दा बढीको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा आयात गरिँदैछ ।

मासुको अत्यधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुन्छ । नेपालमा वाषिर्क ३० अर्ब रुपैयाँ मासु खपत हुन्छ ।

खासगरी उपत्यका मासुका लागि बढी परनिर्भर छ । व्यवसायीका अनुसार दशैंको समयमा मुलुकको आन्तरिक बजारले १० प्रतिशतको हाराहारीमा मात्र योगदान गर्छ । पछिल्लो समय आन्तरिक बजार कमजोर बन्दै गएकाले आयात अरू बढ्दै गएको व्यवसायीको अनुभव छ ।

दशैंको समयमा उपत्यकामा मात्रै झण्डै ६५ हजार खसीबोका र भेडाच्यांग्राको माग रहेको अनुमान छ । दशैंमा खपत हुने चौपाया खरिद-विक्री भने व्यावसायीले आफूखुसी गर्दै आएका छन् । यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन ।

माग अनुसारको आपूर्तिले मूल्य निर्धारण हुँदै आएको महासंघको भनाइ छ । ‘सरकार र व्यवसायी कसैले पनि हालसम्म मूल्य निर्धारणका लागि हालसम्म मापदण्ड बनाएका छैनन,’ एक व्यवसायी भन्छन् । मूल्य निर्धारणको मापदण्ड नहुँदा उपभोक्ताले मासुमा ठगिँदै आएको गुनासो लामो समयदेखि गर्दै आएका छन् ।


व्यवसायीले दशैंमा मनोमानी गर्ने र अस्वस्थ प्रतिस्पर्धाका कारण उपभोक्तालाई मार पर्न नदिन सरकारले पनि खसीबोका र भेडाच्यांग्रा कारोबार गर्ने गरेको छ । यसपटक खाद्य संस्थानले विभिन्न जिल्लाबाट २ हजार खसीबोका र भेडाच्यांग्रा उपत्यका ल्याउने तयारी गरेको छ ।

संस्थानले ती चौपायाको मासु बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपभोक्तालाई विक्री गर्ने योजना बनाएको छ ।

अहिले खसीबोकाको मासुको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ छ । कर बढेको कारण देखाउँदै व्यवसायीले बजार मूल्य दशैंअघि नै बढाइसकेका थिए । अझै मूल्य बढ्न सक्ने व्यवसायीले बताए ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment