Comments Add Comment

अमेरिका र चीनको व्यापार युद्धले विश्व थप गरीब हुने खतरा

२३ असोज, काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्धले विश्वलाई थप गरीब बनाउने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको छ ।

आईएमएफले यो र आगामी वर्षको विश्वको अर्थ व्यवस्थाबारे विकासको पूर्वमानुमान पनि घटाएको छ ।

अमेरिका र चीनको व्यापार युद्धले अर्थतन्त्रलाई जुन असर गर्छ, त्यसबाट माथि उठ्न कठिन हुने उसले बताएको छ । आईएमएफका प्रमुख अर्थशास्त्रीका अनुसार यदि ब्यापारिक तनाव जारी रहृयो भने घरेलु, व्यापारिक र आर्थिक क्षेत्रमा नराम्रो असर पर्छ ।

हालै मात्र चीनले अमेरिकी सामानमा ६० बिलियन डलरको नयाँ व्यापार शुल्क लगाएको थियो ।

त्यसको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर चीनमाथि आफ्नो देशको मध्यावधि चुनाव प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यदि हाम्रा किसान र मजदुरलाई निशाना बनाए हामी चीनलाई आर्थिक जवाफ दिन्छौं ।’

अमेरिकाले पछिल्लो महिनामात्र चीनमाथि २०० बलियनको आयात शुल्क लगाएको थियो ।

आईएमएफले भने सन् २०१८ र २०१९ मा विश्वको आर्थिक बृद्धि ३.७ प्रतिशत रहने अनुमान गरेको छ ।

जबकी यो गत वर्ष ३.९ अनुमान गरिएको थियो ।

भेनेजुएला अहिले आर्थिक मन्दीबाट गुज्रिरहेको छ । अनुमान छ कि २०१९ मा भेनेजुएला आर्थिक मन्दीको छैटौं वर्षमा प्रवेश गर्छ, महंगी १० मिलियन प्रतिशतसम्म पुग्नसक्छ ।

अर्जेन्टिना हालै मात्र आईएमएफको बक्यौता चुक्ता गर्न तयार भएको छ । यसले २०१८ र ०१९ मा अर्जेन्टिनी अर्थतन्त्रलाई झट््का लाग्नसक्छ ।

अमेरिका र चीनको व्यापार शुल्क वृद्धिका कारण २०१९ मा दुबै देशको बृद्धिद्धर प्रभावित हुनेछ । बीबीसीका अनुसार आईएमएफले भनेको छ, ‘चीन र अमेरिकाका नेताले मिलेर मानिसहरुको हितमा काम गर्नुपर्छ । नभए विश्व झन् गरीब हुने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment