Comments Add Comment

सांसदको प्रश्न : सिंहदरबारको लालपूर्जा कहाँ छ ?

२३ असोज, काठमाडौं । ‘सिंहदरबारको पूर्जा -जग्गाधनी प्रमाणपत्र)छ कि छैन, को सँग छ ?’ पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका सांसद सुरेन्द्र पाण्डेले मंगलबारको अर्थ समितिको बैठकमा सोधे, ‘मैले नै एकचोटी सोधेको थिएँ । कहाँ छ भन्ने नै थाहा छैन । म सरकारमा कसैले बताउन सकेन ।’

पाण्डेले सिंहदरबारको पूजा कुन कार्यालयले राख्छ भन्ने समेत यकीन नभएको बताए । समितिको बैठकमा सांसदहरुले सरकारी जग्गाको लगत राख्न ध्यान नदिएको भन्दै सरकारलाई सचेत गराए ।

‘व्यक्तिको छोड्दै छोड्दैन । तर, सरकारी सम्पत्तिको वास्तै गर्दैन । सरकारको कसले गर्ने ? आज सचिव आएको छ, भोलि गएको छ, फेरि अर्को आएको छ ।’ सांसद पाण्डे भन्छन्, ‘सरकारका सबै सम्पत्तिको समिट गर्नुपर्छ ।’

समिति सदस्य जुलीकुमारी महतोले सरकारी सम्पत्ति नै कति छ भन्ने सम्म थाहा नहुनु राष्ट्रिय लज्जाको विषय भएको बताइन् । गुठी जग्गाको पनि समस्या रहेको भन्दै उनले समितिले त्यसबारे सरकारसँग जवाफ माग गर्नुपर्ने माग गरिन् । ‘खुट्टाका ल्याप्चेदेखि हातको ल्याप्चे लगाएर जग्गा किनबेच गर्ने कस्तो अचम्म’, उनले भनिन्, ‘तर, यो अझै हामी कहाँ छ ।’

मनलाग्दी वैठक नबोलाउन सभापतिको ध्यानाकर्षण

नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले मनलाग्दी वैठक नबोलाउन सभापति कृष्णप्रसाद दाहालको ध्यानाकर्षण गरे ।

वैठक बस्नुभन्दा कम्तीमा ३/४ दिन अगाडि जानकारी दिनुपर्ने भन्दै उनले मनलाग्दी वैठक बोलाउन नहुने बताए । अर्की सांसद सत्या पहाडीले वैठक बस्नुभन्दा केही दिन अगाडि नै जानकारी भए उपस्थित हुन समस्या नहुने बताइन् ।

क्षेत्राधिकारबारे समिति सदस्यहरु नै अनविज्ञ !

अर्थ समितिका सदस्यहरुले आफू रहेको समितिको क्षेत्राधिकारबारे नै अनविज्ञता प्रकट गरेका छन् ।

समिति सदस्य रामकुमारी झाँक्रीले समितिको क्षेत्राधिकार प्रष्ट पार्न आग्रह गरिन् । उनले अन्य समितिहरुसँग नबाझिने गरी कार्यसूची तय गर्न सुझाइन् । ‘समितिको क्षेत्राधिकार नै के हो म सभापतिको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भनिन् ‘हामीले कहाँ कहाँ र कस्ता विषय हेर्ने हो त्यो प्रष्ट पार्नुपर्‍यो ।’

सांसद झाँक्रीले समय कटाउने थलोका रुपमा समितिलाई लिन नहुने भन्दै प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड दिइन ।

सांसद झाँक्रीले धेरै वेथिती रहेको भन्दै त्यो हेरेर बस्न नहुने भन्दै आक्रोश पोखिन । ‘फोहोरमैला व्यवस्थापन हुन सकेको छैन । महानगरका कुचीकार बोल्ने हो ? पानीको समस्या छ, खानेपानीको पिएन बोल्ने हो ?’ उनले भनिन् । समितिले यस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment