Comments Add Comment

पप्पुका मालिकको सांसद पद निलम्बन नगर्न माग

२३ असोज, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका सांसद हरिनारायण रौनियारको संघीय समाजवादी फोरम नेपालले बचाऊ गरेको छ । सांसद रौनियार पप्पु कन्स्ट्रक्सनका मालिकसमेत हुन् ।

फोरमका प्रदेश २ का मुख्यसचिव शम्भु यादवले प्रेस विज्ञप्ति जारी गर्दै सांसद रौनियारलाई पूर्वाग्रहीरुपमा मुद्दा चलाइएको बताएका छन् । विज्ञप्तिमा रौनियारमाथिको सम्पूर्ण कारबाही फुकुवा गर्न माग गरिएको छ ।

कयौं ठेकदार कम्पनीहरुले काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले कारबाही नगरी मधेशका नेताहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने काम गरेको फोरमको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment