+
+
Shares

दशैंका लागि अाजदेखि रूट परमिट खुला

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते ११:४९

२४ असोज, काठमाडौँ,  । दशैंका लागि अाजदेखि सार्वजनिक सवारी साधनलार्इ इजाजतपत्र (रुट परमिट) खुला भएकाे छ ।  यातायात व्यवस्था विभागले जुनसुकै रूटका सार्वजनिक सवारी साधनलार्इ निर्वाध रूपमा देशभरी सञ्चालन गर्न दिन रूट परमिट खुला गरेकाे हाे ।

दशैंमा यात्रुकाे सहज अावतजावतका लागि अाजदेखि ३१ असाेजसम्म रूट परमिट खुला गरिएकाे यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालले अनलाइनखबरलार्इ जानकारी दिए ।

इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने उनले बताए ।

दशैंका लागि काठमाडाैंबाट बाहिरिने यात्रुकाे संख्या उच्च हुने तथा रूट परमिटका कारण सवारी साधनकै अभाव हुने हुँदा यात्रा सहज पार्न पनि खुला गरिएकाे उनी बताउँछन् ।

विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ठूला सवारी साधन (मालवाहक टेलर मात्र) लाई सञ्चालनमा रोक लगाएको छ ।

ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले अाजदेखि ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने सवारी साधनलाई रोक लगाइएकाे महानिर्देशक ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?