+
+
Shares

धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १९:२२

२७ असोज, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको सूचना आयो । त्यसआधारमा उनलाई पक्राउ गरियो ।

उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् ।

दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?