Comments Add Comment

गैरआवासीय नेपालीले बनाए मनोरम शंखपार्क (फोटोफिचर)

२८ असोज, काठमाडौं । अहिले ललितपुरको शंखमूलको रुप नै फेरिएको छ । छेवैमा बगिरहेको बाग्मती नदीसँगै को पौराणिक महत्व बोकेको शंखपार्कलाई अहिले ‘गार्डेन’ले सजाइएको छ ।

ठूलो आकारमा बनाइएको शंखले अब शंखमूलको पहिचनलाई अझै उचो बनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो पार्कको सौन्दर्यकरण गरेको हो, झण्डै अढाई करोड रुपैयाँ खर्चिएर । यो पार्क अब ललितपुर महानगरपालिकाले सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई निकै स्तरीय रुपमा सजाइएको छ । काठमाडौंको कोलाहलबाट एकछिन भए पनि मुक्ति पाउन यो पार्क उत्कृष्ट विकल्प बन्नेछ । साथै धार्मिक तथा पौरणिक हिसावले महत्व राख्ने यो क्षत्रेलाई पार्क निर्माणले उच्च गरीमा दलिएको स्थानीयहरु बताउँछन् ।


यो पार्क प्रवेश गर्न कुनै शूल्क लिने योजना नरहेको महानगरपालिकाका प्रवक्ता राजु मानन्धरले बताए । उनकाअनुसार पार्कको व्यवस्थापनका सघाउन भने निजी क्षेत्रको सहयोग लिइनेछ ।

‘कसैले स-सना विज्ञापन राखेर पार्कककको हेरचाह गरिदिनुभयो भने जिम्मा दिन्छौं । अनुगमन र रेखदेख हामी आफैं गर्छौं,’ उनले भने,’पार्कलाई पर्यटकीय गन्तब्यका रुपमा नै विकास गर्ने हाम्रो लक्ष्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment