+
+
Shares

बालिका बलात्कारपछि हत्या आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १५:४१

२८ असोज, जनकपुरधाम । बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  धनुषाको औरही गाउँपालिका २ का देउरी परवाहकी १० वर्षकी मनिका यादवलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दुई युवकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका २ का ३२ वर्षका विनोद मुखिया र २३ वर्षकी नथुनी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए । घरनजिकै दुर्गा पूजाको मेला हेर्न गएकी मुनिका शुक्रबार साँझ हराएकी थिइन् ।

खोजी गर्दा औरही २ का रामआशिष साहको धान खेतमा शनिबार उनको शव भेटिएको थियो । पक्राउ परेका दुवै जनाको घर बालिकाको छिमेकी हुन् । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको  प्रहरीको भनाइ छ ।

यसरी भयो घटना

अभियुक्तहरुले धनुषाको औरही गाउँपालिका २ देउरी परवाहाको कप्टौल जाने बाटोमा दशैंमा दुर्गाको प्रतिमा हेर्न गएकी बालिकालाई फकाइफुल्याई बलत्कार गरेको प्रहरीको भनाइ छ । राति ९ बजे घरअगाडि नै लागेको मेला हेर्न गएकी बालिकालाई चकलेट किनिदिने नाममा फकाई फुल्याई लगी बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शुक्रबार राति ९ बजेबाट हराएकी बालिकाको खोज तलास गर्ने क्रममा सोही गाउँकै खेतमा हत्या गरेर फालेको अवस्थामा शनिवार दिउँसो १ बजे शव भेटिएको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट करणी तथा ज्यानसम्बन्धी कसूर अन्तर्गत अभियोगपत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । पक्राउ परेका दुवैजना अपराध स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?