+
+
Shares

हिमआँधीमा ज्यान गुमाउनेको शव काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १९:०१

२८ असोज, काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ८ जनाको शव काठमाडौं ल्याइएको छ । उनीहरुको शव आइतबार साँझ त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

मृत्यु भएकामध्ये एक जना म्याग्दीकै वासिन्दा भएकाले उनको शव परिवारलाज्ञ जिम्मा लगाई बाँकी ८ जनाको शव काठमाडौं ल्याइएको हो ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी थालेको थियो ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?