Comments Add Comment

एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई फूली

२८ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

डिआईजी बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्यायलाई आईजीपी खनालले फूली गराइदिए ।

सोही अवसरमा खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने अपेक्षा व्यक्त गरे ।

उनले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पूरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन पनि दिएका छन् ।

इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै खनालले दसैं तिहार जस्ता चाडपर्वमा अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि त्रुटी नआउने गरी काम गर्न पनि निर्देशन दिए ।

आफ्नो क्षमता प्रदर्शन गर्दै आफ्नै खुट्टामा उभिनेका लागि संगठन सदैव साथमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति विपरित काम गर्ने कर्मचारी तत्काल सजायको भागिदार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment