+
+
Shares

दशैं तिहारमा ग्यास अभाव नहुने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते ३:००

२९ असोज, काठमाडौं । नेपाल ग्यास विक्रेता महासंघले दशै-तिहारमा खाना पकाउने ग्यासको अभाव नहुने बताएको छ ।

बडादशैंको अवसरमा सोमबार आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा महासंघ अध्यक्ष महेश्वर श्रेष्ठले दशैं तिहारमा ग्यास अभाव नहुने बताए ।

जाडोको समयमा भने ग्यास अभाव हुन सक्ने उनले बताए । ग्यास उद्योगी तथा विक्रेताहरुको समस्या समाधानमा सरकार गम्भिर बन्न नसकेको आरोप लगाउँदै श्रेष्ठले सरकार अझै जिम्मेवार नहुने हो भने जाडोमा ग्यास अभाव हुन सक्ने बताए ।

उनका अनुसार महासंघको प्रमुख मुद्दा डिलर प्रमाणीकरण र कमिसन वृद्धि हो । यो माग पूरा नभए दशैंतिहारपछि भने ग्यास आपूर्तिमा अवरोध हुन सक्ने बताए ।

कार्यक्रममा एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सरकारी जिम्मेवार नबनेको आरोप लगाउँदै जोडोयाममा ग्यास बिक्री ठप्प हुन सक्ने चेतावनी दिए ।

उद्योगी तथा विक्रेताले पाउँदै आएको कमिशन कम भएको भन्दै उनले भने, ‘सरकारले कर्मचारीको तलब ३ चोटी बढाइसक्यो, हाम्रो कमिशन चाहिँ कहिले बढ्छ ?’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले कमिसन वृद्धि नभएको ६ वर्ष पुग्न लागेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए । सरकार अझै गम्भीर नभए आन्दोलनमा जाने वा व्यवसाय नै छाड्ने मध्ये एक विकल्प रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?