Comments Add Comment

गोरखाको माइभगवतीमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

३० असोज, गोरखा । आज बडा दशैंको सातौँ दिन गोरखाको ताकुकोटस्थित माइभगवती मन्दिरमा बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ ।

विहान मन्दिरबाट उपासेहरु चोखो भएर कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिदै दरौँदी नदिमा गएर नुहाउने गर्दछन् । नुहाएपछि नदिबाट देउता उठाउने गरिन्छ ।

देउता उठाइसकेपछि फूलपाती मन्दिरमा नभित्र्याएसम्म कसैसँग पनि छुनु र बोल्न पाइँदैन । यतिसम्म कि पशुपन्छीलाई पनि छुन दिन नहुने परम्परा छ ।

नुहाइसकेपछि झोली बनाइन्छ, त्यस झोलीमा विहान निम्तो दिएको बेलको फूल, बेल पत्र, अशोकको फूल, अयन्ती, जयन्ती, आलती, मालती, पारिजातको फूल, कुभिण्डो, अदुवा, जनैलहरा विभिन्न जातका फलफूल टिपेर आफ्नो झोलीमा हालिन्छ । फलफूल हालेको झोली भुइँमा बिसाउन पनि नहुने परम्परा छ ।

अरुको बारीको फलफूल टिप्दा कसैलाई नसोधी टिप्ने गरिन्छ । कसैले थाहा नपाएर सोध्यो भने एक पटक उपासे भन्ने चलन छ ।

झोली भरिसकेपछि फूलपाती डाँडामा पुगेर जेठो, महिलो, साहिलो र कान्छो चार जना उपासे आराम गर्दछन् । मन्दिरबाट पठाएको डोली सझाउँछन् र पोशाक, माला, चन्दन लगाएर उपासेहरु पनि सझिन्छन् ।

बीच बाटोमा बाजागाजा सहित मन्दिरबाट पण्डित, मुलपुजारी, द्वारे र अन्य मानिस हरु लिन आउँछन् । विभिन्न पूजा विधि गरेर मन्दिरमा फूलपाती भित्र्याइन्छ ।

आज भित्र्याएको फूलपाती दशमीको दिनमा बाजागबजाका साथ विसर्जन गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment