Comments Add Comment

सलमान खान रिजेक्ट, सुपरहिट सिक्वेलको कथामा आयो महाट्वीस्ट

अनीस बाम्जीको फिल्म ‘नो इन्ट्री’को सिक्वेलमा दबंग ब्वाई सलमान खान आउट भएको छ । यस मल्टिस्टार फिल्ममा सलमान खान, अनिल कपूर, फरदीन खान र बिपाशा बासु देखिएका थिए । कमेडी जनराको फिल्मलाई दर्शकले खुब रुचाएका थिए । फिल्म सुपरहिट थियो । अहिले यही फिल्मको सिक्वेल बन्ने क्रममा छ ।

अब यस फिल्मको निर्माता बोनी कपूर हुनेछन् । फिल्मको लगभग सबै कुरा तयारी भइसकेको छ । फिल्मका मूख्य पात्रहरु पनि तय भइसकेको छ ।

हुन त अनीस बज्मीले विगतमा जस्तै सलमान खानलाई लिएर यसको सिक्वेल बनाउन चाहन्थे । तर, उनले अहिले सलमानलाई रिप्लेस गरिदिएका छन् । अब सलमानको ठाउँमा अर्जुन कपूर उभिनेछन् । अर्थात निर्माता बोनी कपूर पुत्र अर्जुन कपूरले सलमानलाई उछिनेका छन् । सिक्वेलको नाम चाहि, ‘नो इन्ट्री मे इन्ट्री ।’ भनिन्छ, यस फिल्मको भूमिकालाई लिएर अर्जुन कपूर एकदम उत्साहित छन् ।

अर्जुनले सलमानलाई रिप्लेस गरेको कुरा थाँती राखौं । कथा अरु पनि बाँकी नै छ ।

के भनिन्छ भने, अर्जुन यस फिल्ममा काम गर्न त इच्छुक थिए, तर सलमानको अनुमति लिएर । त्यही कारण अर्जुनले फिल्म टिमसँग यही सर्त अगाडि सारे । उनले पहिले सलमानसँग कुरा गरेर उसले अनुमति दिएपछि मात्र यो सिक्वेलमा काम गर्नेछु । अब हेर्न बाँकी छ कि, सलमानले उसलाई के जवाफ दिनेछन् ?

यहाँ अर्को कुरा पनि जोडौं, आगमी दिनमा धेरै बलिउड फिल्मको सिक्वेल आउनेवाला छ ।

दबंग-३

सलमान खान रेस ३ पछि आफ्नो दुई अरु सिक्वेलमा काम गर्नेवाला छन्, त्यसमा दबंग-३ पनि सामेल छ ।

किक-२

त्यसो त सलमान खानको अर्को ब्लकबस्टर फिल्म किकको पनि सिक्वेल आउनेवाला छ ।

हाउसफुल ४

अक्षय कुमारको यस फिल्मको सिक्वेल फाइनल भइसकेको छ । यस फिल्ममा बबी देओल पनि इन्ट्री भएका छन् ।

टोटल धमाल

अजय देवगन, माधुरी र अनिल कपूरको फिल्म टोटल धामालको अहिले छायांकन जारी छ ।

मुन्नाभाई -३

राजकुमार हिरानी स्वय्मले खुलासा गरेका छन् कि, उनले चाडै फिल्म मुन्नाभाई-३ बनाउने तयारीमा जुट्नेछन् ।

क्रिस-४

हृतिक रोशन स्टारर फिल्म क्रिसको पनि चौथो शृंखला निर्माण हुने भएको छ ।

हेराफेरी ३

बलिउडको सर्वोत्कृष्ट कमेडी फिल्म हेरा फेरीको तेस्रो सिक्वेल आउनेवाला छ ।

स्टुडेन्ट अफ द इयर -२

बलिउड स्टार किड्सलाई लिएर करण जौहरले स्टुडेन्ट अफ द इयर बनाएका थिए । अब त्यसकै सिक्वेल बन्दैछ । यसपाली ज्याकी श्राफ पुत्र टाइगर श्राफ र चंकी पान्डेकी छोरी अनन्या पान्डे यस फिल्ममा जोडिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment