+
+
Shares

कृष्णनगरको कर्फ्यू पूर्ण रुपमा हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते १३:११

६ कात्तिक,कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो ।

पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो । मंगलबार विहान अर्को सूचना प्रकाशित गरी दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । त्यसपछि भने पूर्ण रुपमा कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई समुदायबीच विवाद भएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो ।

विवाद भए पनि आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।  कर्फ्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर-१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउँदै आएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?