६ कात्तिक, काठमाडौं । सोमबार करिब २ अंकले ओरालो लागेको सेयर बजारमा मंगलबार २ दशमलव ७० अंकको गिरावट देखिएको छ । मंगलबार बैंकिङ, फाइनान्स र उत्पादनमुलक समूहमात्रै हरियो देखिएका छन् भने बाँकी सबै समूह राताम्मे देखिएका छन् ।
दिनभर भएको कारोबारमा निर्जिवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले धेरै गुमाएका छन् । निर्जिवन बीमा समूहमात्रै मंगलबार ७१ दशमलव ४७ अंकले ओरालो लागेको छ ।
२ दशमलव ७० अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार २ सय ४१ दशमलव ७० अंकमा आइपुगेको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार देखिएको छ । मंगलबार ३ हजार ४ सय १ वटा कारोबारबाट विभिन्न कम्पनीका ८ लाख ८२ हजार १ सय ९६ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम १९ करोड ८७ लाख ७५ हजार ८ सय ३४ रुपैयाँ पुगेको छ । यसअघि सोमबार १६ करोड ९८ लाख ७८ हजार ९ सय ९० रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया 4