Comments Add Comment

दीपिका पादुकोणका लागि कसले दुलहीको पहिरन डिजाइन गर्नेछ ?

यतिबेला दीपिका पादुकोण र रणवीर सिंहको विवाहको चर्चा छ । बलिउडका यी हट जोडीले कहाँ वैवाहिक समारोह गर्नेछन्, कसरी गर्नेछन्, क-कसलाई निम्त्याउनेछन् ? यावत् कुरा अहिले चासो र चर्चाको विषय बनेको छ । उनीहरुले यस्ता केही जिज्ञासा भने मेटिसकेका छन् ।

दीपिका-रणवीरले विवाहको निम्तो कार्ड सार्वजनिक गरिसकेका छन् । विवाहको मिति तय गरिसकेका छन् । विवाह हुने ठाउँको खुलासा गरिसकेका छन् ।

अब लागौं, दीपिकाको वेहुली पहिरनतर्फ । धेरैलाई चासो छ कि, दीपिकाले कुन डिजाइनको लेहेंगा लगाउनेछिन् ?

चर्चा के छ भने, दीपिका सब्यसाची मुखर्जीको डिजाइनमा सजिने छिन् । किनभने सब्यसाची दीपिकाकी सबैभन्दा नजिकका डिजाइनर हुन् । त्यसो त डिजाइनर सब्यसाचीलाई मनपर्ने अभिनेत्रीमा पनि दीपिकाको नाम अगाडि आउँछ ।

दीपिका केही इभेन्टमा सब्यसाचीले तयार गरेको आउटफिटमा देखा परेकी थिइन् । त्यही कारण के अनुमान गरिएको छ भने, उनी आफ्नो विवाह समारोहमा सब्यसाचीको ब्राइडल  लेहेंगामा ठाटिनेछिन् । तर, सब्यसाची एकमात्र वा निर्विकल्प डिजाइनर भने होइनन् । दीपिकाको सूचीमा अरु थुप्रै डिजाइनर छन्, जसलाई उनी रुचाउँछिन् । अब कुन डिजाइनरको हातबाट उनी बेहुलीको पहिरनमा ठाँटिने छिन् त ?

सब्यसाची मुखर्जी

दीपिकाको वेडिङ आउटफिटका लागि सबैभन्दा पहिलो नाम त सब्यसाचीको आउँछ । किनभने सब्यसाचीले डिजाइन गरेको पहिरन उनले कति रुचाएको छन् भन्ने कुरा त छर्लङ नै छ ।

एक च्याट शोमा दीपिकालाई सोधिएको थियो, डिजाइनर मनीष मल्होत्रा र सब्यसाचीमध्ये कसलाई रोज्नुहुन्छ ?

दीपिकाले निर्धक्कसाथ जवाफ दिएकी थिइन्, सब्यसाची । हालै दीपिकाले सब्यसाचीको इन्टाग्राममा एक तस्विर लाइक गरेर यस कुराको संकेत गरिसकेकी छिन् ।

अंजू मोदी

अंजु मोदीले दीपिकाका लागि दुई ठूलो फिल्ममा ड्रेस डिजाइन गरिसकेका छन् । ति दुबै फिल्मको पहिरन रणवीर सिंहसँग लगाएकी थिइन् । यसबाट के पनि अनुमान गर्न सकिन्छ भने, दीपिका पादुकोण र अन्जु मोदीबीच डिजाइन र स्टाइललाई लिएर खास तालमेल हुन्छ । यसैले दीपिकाले आफ्नो विवाहको भव्य समारोहमा अन्जु मोदीको आउटफिट लगाउने सक्नेछिन् ।

रिम्पल र हरप्रीत नरुला

रिम्पल र हरप्रीत नरुला दीपिका पादुकोणकी ब्लकबस्टर फिल्म ‘पद्यावत’का अफिशियल डिजाइनर थिइन् । दुबैले फिल्ममा दीपिकालाई राजस्थानकी राजपूत रानीको लुकमा सजाएका थिए । यसका लागि उनीहरुले निकै मेहनत गरेका थिए । फिल्म ‘पद्यावत’मा दीपिकाकोे गेटअपलाई लिएर एकदम प्रशंसा भएको थियो । यसरी फरक एवं मौलिक पहिरनका लागि दीपिकाले रिम्पल र हरप्रीतलाई रोज्न सक्छिन् भन्ने पनि अनुमान लगाउन सकिन्छ ।

अनामिका खन्ना

वैवाहिक समारोहमा दीपिका अनमिका खन्नाको डिजाइनमा सजिन सक्छिन् । एक्सपेरिमेन्टल र सरप्राइज लुकका लागि पनि उनले अनामिकाको डिजाइन रोज्न सक्नेछिन् ।

मनीष मल्होत्रा

दीपिका पादुकोणको फेवरेट डिजाइर्सको लिस्टमा मनीष मल्होत्राको नाम छुट्ने कुरै भएन । बलिउडका यी चल्तापूर्जा डिजाइनरको डिजाइनमा दीपिका यसअघि पनि ठाँटिएकी थिइन् । मनीषको फेशन शोमा उनले र्‍याम्प वक गरिसकेकी छिन् । त्यसैले उनी मनिषले डिजाइन गरेको आउटफिटमा ठाँटिन सक्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment