+
+
Shares

मोटरसाइकल चोरी आरोपमा कञ्चनपुरबाट दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते ९:५९

८ कात्तिक, कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ का २ युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दीपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको उनले बताए ।

जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । जीवनले केही दिनअघि मात्रै भारतीय घुमन्ते व्यापारीबाट रु दुई हजार नगद र मोबाइल फोनसेट लुटेका थिए । पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

चक्कु प्रहारबाट युवक घाइते

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना पेटमा चक्कु प्रहारबाट घाइते भएका छन् । आपसी विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गएराति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने कालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगलागीबाट घर जल्यो

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ भानुभक्तटोलका दलबहादुर सुनारको दुई तले टायलले छाएको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट घर पुरै जलेको छ । पीडित परिवारका अनुसार घरभित्र राखिएको अन्न, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र पुरै जलेर नष्ट भएको छ ।

नगरपालिका कार्यालयको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?