Comments Add Comment

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छौं : ऋषि कट्टेल

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामलाई वैधानिकता दिएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल अदालत जाने भएका छन् ।

उनले निर्वाचन आयोगले स्वतन्त्र फैसला दिन नसकेकाले आफू अदालत जाने बताएका हुन् । ‘निर्वाचन आयोगप्रति हामी विश्वस्त नै थिएनौं । तर कानुन के रहेछ भने निर्वाचन आयोग हुँदै जानेपर्दो रहेछ । आयोगको इजलासले निर्णय गराउँछ । अनि त्यो इजलासको निर्णय चित्त नबुझे अदालत जाने हो ।’

निर्वाचन आयोगका पदाधिकारीहरु सत्तारुढ दलको भागवण्डामा नियुक्त भएकाले उनीहरुले स्वतन्त्र फैसला दिन नसकेको कट्टेलले बताए । ुउहाँहरु भनेकै सत्तारुढ दलकै भागवण्डामा नियुक्त भएका पात्रहरु हुन् । उहाँहरुबाट स्वतन्त्र निर्णय हुँदैन भन्ने कुरा हामीलाई थाहा थियो । तैपनि कानुनी लडाई हो, लड्दै जाउँ । अब सर्वोच्च पुगिन्छ ।’

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा पार्टी दर्ता गरेको छ । तर आयोगमा यसअघि नै ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भएको थियो ।

आयोगले नयाँ पार्टीको नाम आफ्नो पार्टीसँग जुधाएर राखेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएका थिए । तर आयोगले शुक्रबार एउटा नेपाल कम्युनिस्ट पार्टी र अर्को पार्टी नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० रहेकोले नाम फरक फरक रहेको भन्दै कट्टेलको निवेदन खारेज गरेको थियो ।

यो पनि पढ्नुहोस सत्तारुढ नेकपाले वैधानिकता पायो

कट्टेलले भने कोष्ठ राख्दा र नराख्दा समान अर्थ दिने भएकाले एउटै नाम दिन नहुने जिकिर गरेका छन् । ‘कोष्टभित्रको नेकपा हो भने कोष्टभित्रको नेकपा अभिव्यक्तिमा पनि आउनुपर्यो । नेकपा भनेको के हो त्यसको अर्थ हुनुपर्यो नि त । के हो त्यो नेकपा भनेको रु कुनै अर्मुत चिज हो कि नेपाल कम्युनिस्ट पार्टीको छोटकरी रुप हो त्यो रु त्यसको प्रष्ट ब्याख्या हुनुपर्यो । एउटा कोष्ट राखेर उही कुरा हुन्छ भन्ने हो भने त्यसले भोलि आइपर्ने जटिलताहरु थुप्रै छन्’ उनले भने ।

यस विषयमा एउटा नजीर स्थापित गर्न अदालत जाने उनले बताए । ‘कोष्ट राखेर पनि कहिँ एउटै नाम पाइन्छ भनेर अदालतले पनि बोल्यो भने कोष्ट राखेर धेरैले धेरै नाम लिन सक्छन् । चुनाव चिह्न लिन सक्छन् । यी कुराहरु हामी अदालतबाटै नजिर स्थापित गराउन चाहन्छौं । एउटा कोष्ट राखेर पहिचानको भिन्नता हुन्छ भनियो भने त्यसले धेरै जटिलताहरु स्थापित गराउँछ’ कट्टेलले भने ।

कोष्टमा छोटकरी नाम थपेर पुरानै पार्टीको नाममा अर्को पार्टी खोल्न पाइने हो भने अन्य ठूला पार्टीको नाममा पनि नयाँ पार्टी जन्मिन सक्ने कट्टेलले बताए ।

‘नेपाली कांग्रेसकै नाममा अर्कोले कोष्टमा नेका लेखेर पार्टी खोल्न पायो कि पाएन ? एउटाको कोष्ट राख्यो अर्कोले फेरि नेका मात्रै भन्यो भने अर्को पार्टी पायो’ उनले भने ‘यहाँ पार्टी खोल्न कुनै अप्ठेरो छैन । ९ जना मान्छे मिलेर एउटा विधान र कार्यक्रम बनाए पार्टी दर्ता भइहाल्छ । चुनाव चिह्न चाहिँ प्सल भएको सूर्य चिह्न राख्छ । अनि के गर्नुहुन्छ ? त्यो भएको हुनाले यो अनुचित काममा नलागौं भन्ने हाम्रो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment