Comments Add Comment

हामी चार बर्षदेखि प्रेममा थियौं- दीपिका

चलचित्र ‘छक्का पन्जा ३’ले हलमा बम्पर कारोबार गरिरहेको समयमा यो चलचित्रकी नायिका दीपिका प्रसार्इंले निर्देशक दिवाकर भट्टरार्इसँग इन्गेजमेन्ट गरेकी छिन् । आखिर, दिवाकरसँग इन्गेजमेन्ट गरेकी दीपिकालाई उनको के कुरा मन पर्‍यो ? उनीहरुको प्रेम कहिलेदेखि थियो ? यो बिषयमा दीपिकाले अनलाइनखबरसँग कुराकानी गरेकी छिन् ।

दिवाकरजी र तपार्चइवीको प्रेम स्वीकार अहिले आएर किन गर्नुभयो ?
हामी सही समयको प्रतिक्षामा थियौं । समाचार त पहिलेदेखि नै आएको हो । तर, हामीले औपचारिक रुपमा जानकारी दिएका थिएनौं नि त ।

तपार्इहरुको प्रेम ‘ऐश्वर्य’ छायांकनदेखि नै भएको हो ?
यो कुरा होइन भन्न चाहन्छु । हामीले म चलचित्रमा आउनुभन्दा पहिले पनि एकपटक भेटेका थियौं । हामी प्रेम सम्बन्धमा रहेको ३-४ बर्ष भयो । चलचित्र ‘ऐश्वर्य’ खेल्नु अगाडि नै हामीवीच कुराकानी हुन्थ्यो । त्यो प्रेम थियो या थिएन, थाहा भएन । तर, हामी एकअर्कालाई मन भने पराउथ्यौं ।

दिवाकरजीको के कुराले आकर्षित गर्‍यो ?
उहाँको साधारण बानीले मलाई आकर्षित गर्‍यो ।

बिहे कहिले गर्नुहुन्छ त ?
बिहेका लागि यहि नै समय भनेका छैनौं । भयो भने यो मंसिरपछि या अर्को बर्ष । हतारमा गरिहाल्ने कुरा पनि आउँदैन । अलिकति समय लिएर राम्रोसँग गरौं भन्ने सोच छ ।

इन्गेजमेन्ट कसरी भयो ?
काठमाण्डौंमा उहाँको परिवार र मेरो परिवार आउनुभाथ्यो । उहाँहरुको उपस्थितिमा हामीले इन्गेजमेन्ट गरेका हौं ।

तपार्इहरुको सम्बन्धलाई लिएर परिवारजन कहिले सकारात्मक हुनुभयो ?

मलाई जुन दिन हामीवीच प्रेम छ भन्ने लाग्यो, सोही दिन मैले जानकारी दिएकी थिएँ । उहाँहरु सकारात्मक हुनुहुन्थ्यो ।

कोर्ट म्यारिज गर्नुभएको हो ?
हो, हामीले कोर्ट म्यारिज पनि गरिसकेका छौं । ऐश्वर्यको छायांकनको समयमा नै हामीले कोर्ट म्यारिज गरेका हौं ।

अब, चलचित्र करिअर अगाडि बढाउनुहुन्छ या के गर्नुहुन्छ ?

हेर्नुहोस्, बिहे भनेको एक दिन जसरी पनि गर्नुपर्छ । तर, चलचित्रप्रतिको मेरो रुची अहिले बढेको छ । मैले राम्रो पनि गर्दै गएको छु । अहिले सबैजना सकारात्मक हुनुहुन्छ । दिवाकरजी पनि मैले काम गर्नुपर्छ भन्नेमा सकारात्मक हुनुहुन्छ । यसैले अगाडि बढाउँछु ।

तपार्इको बिहेले कतिपय फ्यानको मन टुक्रियो होला, के भन्नुहुन्छ उहाँहरुलाई ?
अहिलेसम्म कोही पनि टुक्रियो भनेर आउनुभएको छैन । राम्रो मान्छे पाएकी छु, सायद कोही पनि निराश नहुनुहोला ।

प्रस्तुतीः विजय सुवेदी ‘आवाज’

 

कोर्ट म्यारिजपछि दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment